सुर्खेत । कर्णालीमा भइरहेको सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले अपराधिक तत्वलाई तह लगाउन कठोरतापूर्वक अगाडि बढ्ने बताएका छन्।

शनिवार वीरेन्द्रनगर सुर्खेतमा पत्रकारसँग थापा बादलले त्यत्ति ठुलो चुनौतीका रुपमा नभएको भन्दै उक्त निस्तेज भएर जाने दाबी गरे। राज्य शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै विध्वंसात्मक गतिविधि गर्ने विस्तार हुने कुनै पनि आधार नभएको भन्दै निस्तेज हुने दावी गरे।
‘धेरै ठुलो चुनौतीका रुपमा त हैन। राष्ट्रको शान्ति सुरक्षाको निम्ति केही समस्या उत्पन्न गरेको छ। भर्खरै देशव्यापीरुपमा यो ‘विप्लव’ समूहले विध्वंसात्मक गतिविधिहरु विस्तार गरेको छ,’ उनले भने,‘त्यो किसिमको तत्वहरुको विस्तार हुने कुनै सम्भावना छैन। त्यसको आधार यहाँ नभएको हुनाले छिट्टै नै निस्तेज भएर जान्छन्। राज्यले शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छ। त्यसको विरुद्ध हामी कठोरतापूर्वक अगाडि बढ्ने छौँ।’
त्यस्तै, कतिपय पक्षबाट संरक्षण दिएको र उन्मुक्ति दिने गरेकाले उनीहरुको हौसला बढेको उल्लेख गरे। ‘कतिपय पक्षबाट संरक्षण दिएको र उन्मुक्ति दिने गरेकाले उनीहरुको हौसला बढेको हो,’ उनले भने, ‘नेपालमा उनीहरुका लागि वस्तुगत आधारहरु छैन। हिजो राष्ट्रिय व्यवस्थामा थुप्रै कमजोरीहरु थिए। त्यसकोविरुद्ध जनताले आवाज उठाएका थिए। अहिले त्यो छैन। संघयी गणतन्त्रको स्थापना भइसकेको छ। देश विकास र समृद्धिको दिशामा अगाडि बढिरहेको छ।’






