पञ्चकन्यामा पहिलोपटक नारी दिवस मनाइयो

SHARE:

घलेभञ्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्थानीय संस्था नारी जागरण समाजलगायतले वडा नम्बर ३ स्थित लप्टनडाँडामा शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका थिए । गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शक्ति समूह नेपालकी संस्थापक संयोजक चरिमाया तामाङ विशेष अतिथिको रुपमा उपस्थित थिइन् ।


त्यस्तै गाउँपालिका उपाध्यक्ष सीता खड्का, पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामबावु पराजुली, पालिकाका प्रशासकीय अधिकृत नरेश पुडासैनी, पशु सेवा शाखा पञ्चकन्याका प्रमुख उद्धव पाण्डेलगायतको सहभागिता थियो । कार्यक्रममा आधारभूत विद्यालय तहका छात्राहरुसमेत सहभागी भएका कार्यक्रम सञ्चालिका निर्मला तामाङले जानकारी दिइन् ।

कार्यक्रमअघि सो गाउँपालिकाका ५ वटै वडाबाट र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीले व्यानरसहित ‘हिंसारहित समाजको निर्माण’, ‘समृद्ध नेपाल निर्माणमा महिला सहभागिता अनिवार्य गरौं’ जस्ता नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको राष्ट्रिय नारा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ तय गरिएको थियो ।

महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने गरिन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको हो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तराष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!