देउवाले गरे सरकारको प्रशंसा, नेकपा ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य

SHARE:

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतंककारी गतिविधिमा संलग्न नेकपा ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग बुधबार संक्षिप्त कुरा गर्दै उनले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रस्ट पारे ।

पूर्वप्रधानमन्त्री देउवाले विखन्डनवादी सोचका सीके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमतसंग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकका लागि दुर्भाग्य हुने विचार व्यक्त गरे ।

उनले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु आपराधिक क्रियाकलाप भएको धारणा व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!