कञ्चनपुरका पूर्वप्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट प्रहरी हिरासतमा

SHARE:

काठमाडौं । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको आरोप लागेका कञ्चनपुरका पूर्वप्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई प्रहरीले हिरासतमा लिएको छ ।

उनीसहित ८ प्रहरी अधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाईका क्रममा बयान नसकिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो । उनले मंगलबार बिहान जिल्ला अदालत, कञ्चनपुरमा आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालत, कञ्चनपुरका अधिकारीहरुले साँझ सवा ५ बजेसम्म उनको बयान लिएका थिए । तर, नसकिएपछि बुधबार पुनः उनको बयान लिइनेछ ।

घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको प्रहरीको आन्तरिक छानबिन समितिले पनि रिपोर्ट बुझाएपछि सरकारले ८ कात्तिकमा उनीसहित प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरिसकेको छ । यद्यपि, एसपी विष्टले भने आफूहरुले प्रमाण नष्ट नगरेको दाबी गर्दै बरु अकाट्य प्रमाण भजाइनल स्वाव सुरक्षित साथ प्रयोगशालासम्म पठाइएको दाबी गर्ने गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!