
आमा धनमाया
आमाको साथबिना हुँदैन संसार भन्थे मेरो सानु,
कसरी बसौं एक्लै चुँडाई तिमी हामीबाट मेरो सानु
बिर्सेर बस्न सकीन एक्लै तस्बिर नसजाई मेरो सानु
यो जलेको दिल भरेको माया मुटुमा कुराई मेरो सानु ।
गुनासो छैन रातमा झस्काउनु स्नेह भरी आमाको मेरो सानु
रातमा पनि जुनकेरी बनी आऊनु आमा भनि मेरो सानु ।
आमाको धड्कनमा हरपल आवाज बनि आउनु मेरो सानु
गुनासो छैन रातमा झस्काउनु स्नेहभरि आमाको मेरो सानु ।
अजम्बर माया नजर लाग्यो खै कुन दैबको मेरो सानु
नदिनु फेरि धोका बनाई नमेटिने घाऊ बैभबको मेरो सानु
अचानक छुट्दा भो सबै सोच खरानी मेरो सानु
भोक, प्यास याद सबै भो आँसु साथ खरानी मेरो सानु ।
कहाँ कहाँ खोजिन तिम्रा पाईला पाऊन मेरो सानु ।
फूल अक्षताको आभास गोरेटो समाउन मेरो सानु
आज नि उस्तै भोलि नि उस्तै के हुने हो हो मेरो सानु
न आज हाम्रो न भोलि हाम्रो कतिन्जेल रुने हो मेरो सानु
मेरो अन्तिम देहमा आउनु बनी फूलमाला अक्षता मेरो सानु
भावीले लेख्यो, छालाले छेक्यो ममता मायाको मेरो सानु ।
यो जुनीमा मिल्यो तिम्रो छोटो छाया मेरो सानु
संगाली राखेकी छु अर्को जुनीमा माया आमाको मेरो सानु ।
शिरुबारी, हाल युके







