निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी धरौटीमा रिहा

SHARE:

भीमदत्तनगर । कन्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दाका आरोपी निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कन्चनपुरका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले दुवै मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रहरी नायब उपरीक्षक जिसीलाई रु ९ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

जिल्ला अदालत कन्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जिसीलाई यातनाविरुद्धको कसुरमा रु पाँच लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा रु चार लाख धरौटी सुनाइएको जानकारी दिए ।

आरोपी जिसी बुधबार धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

उक्त मुद्दामा यसअघि जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीसहित ६ प्रहरी कर्मचारी धरौटीमा रिहा भइसकेका छन् ।

बालिका पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले गत पुस ३ गते सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९, बागफाँटाका दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।

दुवै मुद्दामा आरोपी आठैजना प्रहरी कर्मचारी धरौटीमा रिहा भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!