किताब यात्राको यात्रा सुरु

SHARE:

काठमाडौं । किताबलाई लिएर यात्रा गरेको पुस्तक किताब यात्रा राजधानीमा बुधबार एक समारोहका बीच विमोचन भयो ।
कार्यक्रमका प्रमुख अतिथी शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा विमोचित सो कार्यक्रममा जोशीले नेपालमा यस प्रकारको पुस्तक नयाँ भएको बताए । भो “यात्रा आफैँमा रोमान्चक र रहस्यले भरिएको हुन्छ , चाहे त्यो कोलम्बसको अमेरिका पत्ता लगाउने यात्रा होस् वा चीनका राजा कुब्ला खाँलाई भेट्न अरनिको पुगेको हुन् । संसारमा सबै प्रकारको यात्रा देखेपनि किताब लिएर यात्रा गरेको र त्यसको पुस्तक बनेको यो पहिलो पल्ट हो ।”

कार्यक्रममा विशिष्ट अतिथि भरत जंगमले किताब लेखन आफैंमा यात्रा जस्तै चुनौती भएपनि लेखक पुष्पलताले यात्रा र लेखन दुवै चुनौति एक्लै लिएर आफू साहसी भएको उदाहरण व्यक्त गरे ।

अर्का अतिथि बेन्जु शर्माले किताब यात्रा मार्फत पुष्पलताले नेपाली समाज, नेपाली लेखक नेपाली पाठक देखाएकोमा खुशी व्यक्त गर्दै भनिन् “ नेपाली महिलालाई उर्जा प्रदान गर्ने यो पुस्तकले हामीलाई धेरै बाटो देखाएको हो ।”

समिक्षक रमेश सुभेच्छुकले किताब रिदमिक भएको बताउँदै केही प्राविधिक त्रुटि देखिए पनि किताब समष्टिमा राम्रो भएको बताउदै भनिन् “ किताबमा पुस्तकको पहाड , प्रेमिल पोखरा , बरालिएको बोली, दलदलेमा हलहले जस्ता शीर्षकले कविता पढे जस्तै भएको छ ।

नेपाली समाजमा नयाँखालको पुस्तक ल्याउनु आफ्नो उद्देश्य भएको बताउँदै किताब यात्रा पुस्तक प्रकाशन गरेको सिमल बुक प्रकाशनका प्रकाशक कमलले बताए । उनले विश्वलाई नयाँ सन्देश दिने यो पुस्तक बुक जोर्नी भनेर चाँडै अंग्रेजीमा पनि आउने जानकारी दिए ।

लेखिका पुष्पलता आचार्यले आफुले साठी वटा पुस्तक लेखिसके पनि यो पुस्तक बिमोचन गर्नुको अर्थ नेपाली जनजनमा नेपाली महिला कमजोर हुन नहुने बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!