हुम तमु
पोखरा । सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक युके नेपालका कृष्णबहादुर राईले भूपू गोर्खाहरुको माग प्याकेज घोषणा नभइ, गोरासरह चाहेको बताएका छन् । भूपू ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले मंगलवार पोखरामा आयोजना गरेको जानकारी सभामा सम्बोधन गर्दै राईले भुपू गोर्खाका लागि ब्रिटिस सरकारले घोषणा गरेको नयाँ गोर्खा प्याकेजको विरोध गरेका हुन् । प्याकेजको नाउमा ३४ प्रतिशत पेन्सन बृद्धिले हामीलाइ भारतीय बनाएको छ, हामीले खोजेको ३४ प्रतिशत होइन गोरा सरह १०० प्रतिशत खोजेका हौं, राइले भने ।।
हामी माथि ब्रिटिसले पटक पटक अन्याय, प्रोपोगण्डा र लोभलालच देखाइरहेको छ, अब अन्यायका विरुद्ध भूपूहरु लठ्ठी टेकेर मात्रै होइन, ८० वर्षका बृद्धहरुले बन्दुक चलाउन नपरोस भन्ने चेतावनी उनको थियो। अबको आन्दोलन गर या मरसम्मको हुनसक्ने उनको आक्रोस थियो। जवसम्म बार्ता समिति बनाएर समस्या समाधान हुदैन आन्दोलन गर्ने बताउनुहुदै नेपाल सरकारले १ जुलाई भित्र वार्ता गरोस भन्ने सुझाव उनको थियो। जबसम्म बेलायत सरकारले प्राविधीक समितिको प्रतिवेदन अनुसार घोषणा गर्दै आन्दोलन रोकिदैन, लाखौ जनता सडकमा उतार्ने संयोजक राइको चेतावनी थियो।समानताका लागि जनदबाब सिर्जना गछौं, उक्त आन्दोलन निर्णयक हुनेछ भन्दै उनले आफुले भर्ती रोक्न चाहेको नभई इच्छुक र सबै फिटनेश एवं स्वस्थ्य युवाले भर्ती किन नपाउने उनको प्रश्न थियो। ब्रिटिसलाई चाहिदा गाँउ युवा चोरेर भए पनि साढे दुइ लाख भर्ति गर्ने अहिले एक डेढ सयमा दुनियाँलाई दुख दिनका लागि भर्ती हुन चाहेका युवाले भर्ती नपाए सय, डेढसय युवाले मात्र भर्ति हुनका लागि एजेन्सीको रुपमा विकास भएका ट्रेनिङ सेन्टरहरु बन्द गर्नुपर्ने उनको सुझाव थियो।
गोर्खा सत्याग्रह सत्याग्रह संघर्ष समितिले नेपाली नागरिकता निरन्तरताको माग गरेको हो भन्नुहुदै नागरिकता निरन्तरता हुदैन भने भर्ती नै रोक्नुपर्छ गोर्खा अभियन्ता कृष्णबहादुर राइले बताए।
हामी भूपू गोर्खाहरु जुनसुकै नामको संस्थामा आवद्ध भए पनि एक हुन आग्रह गर्दै उनले न्याय, समानता, राष्ट्रियता र मानअधिकारका लागि आन्दोलित हुन आव्हान गरे।
यसरी नै संयोजक राइृले गोर्खा वेलफेयरले डिएनए, भोटिङ लिष्ट, अध्ययन सर्टिफिकेट मागे ठोकिहाल्नुस वा कालोमोसो लगाएर शहर परिक्रमा गराउनुस परेको जिम्मा आफुले लिने बताए । नजाहिदो कागजपत्र र झण्झट देखाएर दुःख दिनेहरुलाइ किन नगर्ने भन्दै भाञ्जा भाञ्जीहरुलाई ठगी खानेहरुबाट होशियार रहन संयोजक राइको आग्रह थियो। टेक्निकल प्रवक्ता मेजर जुद्धबहादुर गुरुङले लेखिदिनु भएको पत्र मात्रै आधिकारीक हुन्छ, कन्सल्टेन्टको नाउमा १५ लाख, १० लाख, ६ लाख ठगिएका भाञ्जाभाञ्जीहरुलाई सचेत बनाउने कसले ठगेको हो सबै विवरण प्राप्त भए आफुले सहयोग गर्ने उनले आश्वासन दिए । युकेका लागि कागजपत्र बनाउन कुनै कन्सल्टेन्ट कहाँ जानुपर्दैन हामीले भने अनुसार कागजपत्र बनाए भिसा लाग्दछ, उनको भनाई थियो।
कार्यक्रमको अध्यक्षतामा समेत गर्नुभएको गोर्खा सत्याग्रह संघर्ष समितिका पश्चिमाञ्चल कमिटीका अध्यक्ष तथा टेक्निकल रिपोर्ट राइटर मेजर जद्धबहादुर गुरुङले टेक्निकल रिपोर्टको बारेमा जानकारी दिनुहुदै चतुर ब्रिटिसले गोर्खालाई झुक्याउन मात्रै खोजेको छ, ३४ प्रतिशत पेन्सन बृद्धि प्रोपोगण्डा भएको बताए।
कार्यक्रममा मेजर डिलबहादुर गुरुङले भूपू गोर्खाको न्यायको लडाई जित्नका लागि सबै एकताबद्ध हुनै पर्दछ, हामी साथमा छौं भने ।।
मेजर डमर घलेले सबै गोर्खा भूपूहरु संयुक्त रुपमा आन्दोलन गर्नकै लागि गठन भएको भुपू ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आन्दोलनमा युकेमा गोर्खाहरुले ब्रिटिस सरकारलाई तक्मा समेत फिर्ता गरेर आन्दोलनलाई नैतिक आन्दोलनको रुपमा विकास गरेको बताए।
क्या.पुर्णबहादुर ह्योल्मोले आन्दोलनले प्राप्त गरेको उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि आन्दोलित हुनुपर्नेमा जोड दिए । गोर्खाले पुर्याएको योगदानका लागि ब्रिटिस सरकारले उचित सम्मान नगरी अन्याय गर्नु दुखदायी भएको बताए।
सत्याग्रहका केन्द्रीय सदस्य ले.चौबहादुर गुरुङले भूपूहरुको एकतावद्ध संघर्ष आवाश्यक रहेको बताउनुहुदै ब्रिटिसको रणनीति फुटाउ र शासन गरलाई गोर्खा भूपूहरुले राम्ररी बुझ्नुपर्ने उनको भनाई थियो ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिक जानकारी सभाको संचालन गोर्खा सत्याग्रह संघर्ष समितिकी केन्द्रय सचिव पुष्पा राणा घलेले गरेका थिए ।
उक्त जानकारी सभामा सहभागीहरुले सन्तोष गुरुङको अध्यक्षतामा ११ सदस्यीय गोर्खा सत्याग्रह संघर्ष समिति कास्की गठन गरेको छ। समितिको उपाध्यक्षमा भिसान पुर्जा, सचिवमा सिर्जना घले, सहसचिवमा गिता हिताङ, कोषाध्यक्षमा आरती गुरुङ र सदस्यहरुमा चन्द्रबहादुर गुरुङ, प्रविण गुरुङ, सुर्य गुरुङ, बिक्रम थापा, गिता सुनाम, माया गुरुङ चयन हुनुभएको छ। यसरी नै सल्लाहकारमा दानबहादुर गुरुङ र चन्द्रमाया गुरुङ मनोनयन गरेको छ।






