कवि छम गुरुङलाई ‘गौरी तमु लेखन पुरस्कार’ दिइने

SHARE:

पोखरा । ‘गौरी तमु लेखन पुरस्कार’ यसवर्ष युवा कवि छम गुरुङलाई दिइने भएको छ । गुरुङ साहित्यिक मञ्च नेपालको यही चैत २१ गते परेको दोस्रो स्थापना दिवसको अवसरमा गोरखाका युवा कवि गुरुङलाई पुरस्कार दिन लागिएको हो । गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङले स्थापना गरेको उक्त पुरस्कार लेखनमा सक्रिय तथा कुनै एक कृति प्रकाशन गरेका लेखकलाई प्रदान गरिन्छ । पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङको उपस्थितिमा रहने बताइएको छ । पुरस्कारको नगद राशि १५ हजार ५५५ दोसल्ला, ताम्रपत्र र भाङ्ग्रा रहेको छ ।

गुरुङ साहित्यिक मञ्चका सल्लाहकार शान्ति गुरुङ संयोजकत्वमा बनेको छनौट समितिको छम गुरुङलाई पुरस्कृत गर्न गरेको सिफारिसको निर्णय मञ्चको शनिबारको बैठकले अनुमोदन गरेको थियो । कवि गुरुङको २०६९ सालमा पोर्टर बा नामक कवितासंग्राह प्रकाशित भएको थियो । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने मिथक कोष नामक पुस्तकमा गुरुङ जातिको प्रतिनिधित्व गर्दै खोजमूलक लेख लेखेका छन् ।

मञ्चको स्थापना दिवसको अवसरमा पोखरामा आख्यान लेखनसम्बन्धी प्रशिक्षण राखिएको छ । प्रशिक्षण प्राध्यापक तथा समालोचक गुरुङ सुशान्तले दिनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!