विप्लवनिकट पत्रकारकी पत्नी पत्रकारले जन्मदिनको अवसरमा लेखिन् भावुक र जागरूक चिठ्ठी

SHARE:

सिर्जना तिमल्सिना

प्रिय कमरेड प्रज्वल, हाल जहाँ छौ त्यहाबाट सायद आफु जन्मिएको दिन हो आज भनेर सम्झिएका पनि छैनौ होला । तर निस्पट्ट अध्यारो फाट्दै जब बिहानीले धर्ती उज्यालो भयो, मैले सम्झिए । हुन त यो दिन एक अर्काले जन्मदिन सम्झाउने बाहेक हामीले कुनै खास कार्यक्रम बनाएको अहिलेसम्म सम्झना छैन । तर आज “ए आज त जन्मदिन हो नि” भनेर विगत बर्षहरु जस्तै भन्ने चाहना पक्कै थियो । समय र परिस्थितीले त्यो साथ दिएन, मन केहि गर्हुङगो भएकै हो तर जिम्मेवारी र कर्तव्यवोधले सबै पिडाहरु भुलाईदियो ।


आज तिमि जुन यात्रामा छौ त्यौ नौलो र नयाँ हैन, बस अधुरो थियो त्यसलाई पुरा गर्न सुरु भएको एकिकृत जनक्रान्तिको यात्रा हो । तत्कालिन परिस्थिती र तिम्रो अवस्था भविश्यको चुनौती र सफलताको एउटा कडि हो । त्यसैले बिचारमा अतिकति पनि बिचलित नभइ साहसका साथ अघि बढिरहनु आज जन्मिदिनको दिन यहि शुभकामना छ ।

जनयुद्धका बेला जब दुश्मनले गोयवल्स शैलीमा प्रचार गरिरहेको थियो, सरकारी सञ्चारबाट भ्रम छरिरहेको थिए, कमरेड तिमि सहकर्मीहरुका साथमा कुनै अनाम गोठमा बसी, जब बोल्न सुरु गर्थेउ, ‘लाल सलाम, यो जनगणतन्त्र रेडियो ९५.१ मेघाहर्ज हो’ बुढापाका देखि बच्चाबच्ची, आमा, दिदि, बहिनिहरु नतमस्तक भएर खबर सुन्थे । त्यतिबेला पनि तिम्रा आवाज र कलमले राज्यको टाउको धेरै नै दुखेको थियो , सायद आज पनि दुख्दै छ ।

पत्रकारिताको इतिहासमा नयाँ अध्यायको सुरुवात गर्ने तिमि, हामि र हाम्रा तत्कालिन सहकर्मी, सहयोद्धाहरु आज लाग्छ कतिले त यो चमकधमकमा आएपछि इतिहास नै भुले र त आज तिमिलाई नै भन्दैछन्, “पत्रकार भएको भए त रेडियोमा बसेर समाचार पढ्यो र पत्रिकामा लेख्थ्यो । कहाँ राष्ट्रियता, जनजीविकाको मुद्धा उठाउथ्यो ? जनतालाई अधिकारको बारेमा ज्ञान छर्दै भड्काउथ्यो ? उ त अब पत्रकार रहेन नि । ” तर तिमि यस्ता बकमफुसे कुरातर्फ बेवास्ता गर्दै लक्ष प्राप्त नभएसम्म आफ्नो चुनौतिपूर्ण यात्रा जारी राख्नु अन्त्य सम्म ।

हिजो तिम्रो आवाज घन्किने त्यो रेडियो अर्थात माओवादी जनयुद्धकालमा संचालन गरिएका पूर्वी कमाण्डको रेडियो धरानबाट अहिले पनि उहि नामबाट चलिरहेको छ । जसलाई सेना र तात्कालिन सत्ताले ‘डोके रेडियो’को उपमा दिएको थियो ।

कमरेड तिमि विशुुद्ध संचारकर्मी मात्रै भएनौ, बन्दुक बोक्दा बोक्दै माइक्रोफोनमा बोल्न पुगेका छापामार, युद्ध पत्रकार हौ । कहिले जनमुक्ति सेना त कहिले सन्चार अनी कहिले संगठन यी सबै जिम्मेवारी हिजो पनि निर्वाह गरेका थियौ आज पनि आवश्यक्ताले मागेमा पछि नहट्नु । फेरी पनि जन्मदिनको शुभकामना ।।

  • फेसबुकबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!