हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

SHARE:

बारा । तराईका बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । हुरीको चपेटामा घाइते भएका थप दुई जनाको बुधबार उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बाराका २८ र पर्सा जिल्लाका एक जनाको मृत्यु भएको छ ।

बाराको फेटा गाउँपालिका-६, पुरैनियाका फिरोज आलमको ५ वर्षीय छोरा फैयाजको मंगलबार वीरगन्जस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी बुधबार सुवर्ण गाउँपालिका-४ हर्दियाकी ५५ वर्षीया प्रभादेवी यादवको मृत्यु भएको छ । उनको हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको थियो । उपचारपछि घर फर्केको भोलिपल्ट (बुधबार) मृत्यु भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!