प्रहरी थुनामुक्त भएको पन्ध्र मिनेटमै अस्थायी शिक्षकहरु पुन: प्रहरी हिरासतमा, अध्यक्ष सहित दुई दर्जन पक्राउ

SHARE:

काठमाडौ । छुट अस्थायी करार शिक्षकहरुको आज देखि सुरु भएको चौबीस घण्टे रिले अनशनमा प्रहरीले व्यापक दमन गरेको छ।प्रहरीले बिहान पक्राउ गरेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष सहित एक दर्जन शिक्षकलाई छोडेको पन्ध्र मिनेटमै काठमाडौको शान्ति बाटिकाबाट पुन पक्राउ गरेको छ।पकाउ पर्नेमा छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुली,प्रदेश नम्बर ३ का संयोजक बहादुर वाईबा लामा लगायतका तेह्र शिक्षक रहेका छन।प्रहरीको यस प्रकारको दमनलाई संकटकालको छनक शैली महसुस गरेको भन्दै संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले तत्काल बिना शर्त रिहा गर्न माग गर्नुभयो।साझ पुनः पक्राउ गरेको बिरोधमा सयौ शिक्षकहरुले नाराबाजी गर्दै यथासिघ्र रिहा गर्न माग गरेका छ्न।
२०७५ साल असारमा लिईएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा २०७२ असोज २ गते पछिको अस्थायी शिक्षकलाई सरकारले विभेदपुर्ण तरिकाले छुट्याइ सौतेनी व्यवहार गरेको आरोप उनीहरुले लगाउदै आएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!