गरिवी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न निर्देशन दिएका छन् ।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे । उनले कोषलाई गरिव र विपन्न वर्गाको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिवी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिए । प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भए पनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!