गुरुङ साहित्यिक मञ्चको दोस्रो स्थापना दिवसमा कवि छम गुरुङ पुरस्कृत

SHARE:

पोखरा . गुरुङ साहित्यिक मञ्च नेपालको दोस्रो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले गुरुङ जाति पनि पठन लेखनमा लाग्नुपर्ने भन्दै साहित्यि क्षेत्रमा पनि सबैको चासो हुनुपर्ने बताउनु भयो ।
यसअघि स्थापना दिवसको अवसरमा आयोजित एकदिने आख्यान लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्दै प्राध्यापक तथा समालोचक गुरुङ सुशान्तले आख्यान लेखनका सैदान्तिक विषयका बारे आफनो भनाई राख्दै सहभागीबाट आएका प्रश्नहरुको जवाफ दिनुभयो भएको थियो । सफल लेखक हुनका लागि बढी भन्दा बढी पढनुपर्ने भन्दै उहाँले लेखकले कहिल्यै पनि पुरस्कार पाउने सपना बोकेर लेख्न नहुने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा करिब ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो भने हासिना बस्नेत, लक्ष्मी थापा, विष्णु गुरुङ एकता, सरस्वती श्रेष्ठ सरु लगायतले सहभागिको तर्फबाट लेखनका विभिन्न आयममा प्रश्न गरेका थिए ।


प्रशिक्षण लगत्तै शुरु भएको स्थापना दिवस कार्यक्रममा मञ्चका अध्यक्ष गौरी गुरुङले स्थापना गर्नुभएको गौरी तमू लेखन पुरस्कारबाट काठमाडौका कवि छम गुरुङलाई नगद १५ हजार ५ सय ५५ तथा फेटा, भाङग्रा, फूलमाला तथा खादाले कार्यक्रमका प्रमुख अतिथि सांसद मनबहादुर गुरुङ, तमू धी नेपालका उपाध्यक्ष हुम गुरुङ, तमू प्ये ल्हु संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर गुरुङ, गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका अध्यक्ष गिरीप्रसाद गुरुङ, तमू ह्युल छोंज धीका केन्द्रिय सदस्य विष्णु गुरुङ, तमू साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चीजकाजी गुरुङ तथा मञ्चका सल्लाहकार शान्ति गुरुङले सम्मान गरेका थिए ।

पुरस्कृत कवि छम गुरुङको बारेमा आफनो भनाई राख्दै मञ्चका सल्लाहकार शान्ति गुरुङले कवि छम साहित्यि जगतमा गुरुङ समुदायलाई अरु समुदायसँग चिनाउनका निम्ती काबिल रहेको भन्दै छमको कवितामा गुरुङ समुदायको यथार्थपन बढी मात्रमा भेटिने बताउनुभयो ।

पुरस्कार ग्रहणपछि बोल्दै पुरस्कृति कवि छम गुरुङले पहिले पुर्खाको पालामा आफनो उमेरका युवा विदेशी भूमिमा वीरताको बहादुरी देखाएर इनाम थाप्ने गर्थे भने अहिले आफू यो उमेरमा कलमले लेखेर पुरस्कार थाप्न सफल भएको भन्दै पुरस्कारले आफूलाई साँच्चैकै खुशी तुल्याएको बताउनुभयो ।

आफू जन्मेको गाउँ गोरखामा अहिले पनि पढनेहरु पागल हुन्छ भनेर युवाहरुलाई पढनमा प्ररेरित गर्न भन्दा निराशा पार्ने काम बढी मात्रमा हुने गरेको भन्दै अब युवाहरुले र समग्र गुरुङ जातिले आफनो समुदायभित्र अझै पनि कहि कतै रहेको त्यस्तो भ्रमलाई चिर्न लाग्नुपर्ने बताउनु भयो ।

मञ्चका उपाध्यक्ष इन्जिनियर रोशन गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रम अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव रोशनी गुरुङले गर्नुभएको थियो ।
यसैबीच मञ्चका सल्लाहकार हाल बेलायत निवासी योगेस गुरुङले आफू र आफनी श्रीमतीको नाममा एक लाख एक सय अक्षयकोष स्थापना गर्नुभएको छ । गुरुङ साहित्यिक मञ्चले सञ्चालन गर्ने उक्त अक्षयकोषको व्याजबाट आगामी वर्षदेखि मञ्चको स्थापना दिवसकै दिन पारेर राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता गर्ने र प्रथम तथा द्धितिय दुई जनालाई मञ्चको स्थापना दिवसको अवसर पारेर पुरस्कार वितरण गरिनेछ ।
कार्यक्रम सम्पन्न गर्न मञ्च सल्लाहकारद्धय योगेस गुरुङ, शान्ति गुरुङ र लेकाली चुलो घर तथा होटल टाक्स इन्टरनेशनले प्रायोजकको रुपमा सहयोग गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!