तीन सवारी जुध्दा तीन जनाको मृत्यु

SHARE:

सुनसरी । धरान प्रवेश गर्ने तीनकुनेबाट करिब ३ सय मिटर दक्षिण कोशी हाइवेमा तीनवटा सवारी साधन एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजेतिर भएको घटनामा १२ जना घाइते भएका छन् ।

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले मृतक तीनै जनाको सनाखत भइसकेको बताए। मृत्य हुनेमा कारमा सवार पाँचथरको याशोक ३ बस्ने २८ वर्षीय मदन लावती लिम्बु, मोरङको केराबारी-९ घङगरु बस्ने २७ वर्षीय अनिल श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ बस्ने २७ वर्षीय जनक बुढाथोकी रहेका छन् । घाइतेहरुमा कारमा चढेका १ जना, ट्याक्टरमा चढेका तीन जना र बसमा चढेका ८ जना रहेका छन्।

प्रहरी नायब उपरीक्षक तिम्सिनाकाअनुसार धरान-इटहरीवीचको सडक खण्डमा राति समान दिशामा धरानबाट गइरहेको बा २० च ४०७६ कार, इटहरी तिरै जाँदै गरेको मे १ च ६६९२ नम्बरको ट्याक्टर र खनारस्थित अरिहन्त उद्योगबाट मजदुर लिएर आएको को १ ख ४७६२ नम्बरको बस आपसमा ठेक्किएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहको कारले ट्याक्टरलाई ओभरटेक गरेर जानेक्रममा पहिले ट्याक्टरको पछाडि डालीमा ठोकिएको थियो। कार र ट्याक्टर ठोकिएसँगै विपरित दिशाबाट आएको बससँग कार फेरि ठोकिएर पल्टिदाँ तीनजनाको मृत्यु भएको तिम्सिनाले बताए।

गम्भीर घाइते भएका कारचालक मोरङको सुन्दर हरैचा बस्ने गोविन्द बस्नेतलाई उपचारकालागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि त्यहाँ आइसियु शैय्या अभाव भएपछि विराट नर्सिङ होममा पुर्‍याएएको छ। अन्य घाइतेको प्रतिष्ठानमा उपचार भइरहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!