विप्लवलाई मूलधारमा ल्याउने प्रयास भइरहेको गृहमन्त्रीको दाबी

SHARE:

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित पार्टीलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले संविधानविरुद्धका उसका गतिविधिका कारण प्रतिबन्ध लगाएको उल्लेख गर्दै मूलधारमा ल्याउने प्रयास भइरहेको दाबी गरे ।

‘संविधानले प्रतिबन्ध गरेका गतिविधि गरेकाले विप्लव समूहलाई हामीले प्रतिबन्ध लगाएका थियौं’, कुनै बेलाका आफ्नै सहयात्री विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउनुको कारणबारे प्रष्ट पार्दै गृहमन्त्री थापाले अगाडि भने, ‘उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ ।’

तर, उनले मूलधारको राजनीतिमा विप्लवलाई फर्काउन कस्तो प्रयत्न भइरहेको छ भन्नेबारेमा भने केही पनि खुलाएनन् ।

संविधान विरोधी क्रियाकलाप गरेकाले विप्लवका शीर्ष नेताहरु पक्राउ परेको उनले उक्त अवसरमा बताए ।

गृहमन्त्री थापाले राज्य विरोध गतिविधि गरेको समयमा सीके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए ।

सुरक्षा परिषद्को भेला डाक्नुको कारणबारे सोधिएको प्रश्नमा उनले देशको सुरक्षा अवस्थालाई सुदृढ गर्न आह्वान गरिएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!