चौथो वातावरण साहित्य गोष्ठी मनाइँदै

SHARE:

बिजय हितान
लन्डन । आउँदो २ जुन आइतबारका दिन चौथो वातावरण साहित्य गोष्ठी हुने भएको छ ।

बेल्पाली साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा लन्डनको उलवीचमा गोष्ठी हुन लागेको हो । गोष्ठीमा बेलायतका लागि नेपाली राजदूत तथा वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी (डा. दुबसु क्षेत्री)को प्रमुख आतिथ्यतामा रहने छ ।
नेपाली साहित्य विकास परिषद्, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ साउथ यूके, विश्व नेपाली साहित्य महासंघ वेष्ट यूके, साहित्य चौतारी यूके, साहित्य सङ्गम यूके, समकालीन साहित्य प्रतिष्ठान, विश्व नेपाली प्रज्ञा प्रतिष्ठान, एनआरएनए भाषा साहित्य विभाग, साहित्य सङ्गालो, प्रवासी नेपाली साहित्य समाज, नेपाली प्रतिभा प्रतिष्ठान आयोजक संस्थाको रुपमा आबद्ध छन् । त्यसैगरी बिएफबिएस गोर्खा रेडियो, रेडियो बिजिडब्लुएस, एभरेस्ट टाइम्स र नेपाली पत्रले मिडिया पार्टनरको भूमिका निभाउने छन् ।

कार्यक्रममा स्रस्टाहरुको इको सिर्जना वाचन हुने भएकोले इच्छुक सहभागीहरुलाई आफ्नो एक इको सिर्जनासहित उपस्थित हुन आयोजकले आग्रह गरेको छ । गोष्ठीमा बेल्पाली साहित्यकारद्वय वासु शर्मा ‘पोखियो मन छताछुल्ल’ (गजलसंग्रह) र प्रतिमा केसीको ‘पानीको विद्रोह’ (कवितासंग्रह) पनि विमोचन गरिने आयोजकले जनाएको छ । विभिन्न साहित्यिक संस्थाहरु मिलेर सन् २०१६ देखि विश्व वातावरण दिवसको अवसरमा बेलायतमा वातावरण साहित्य गोष्ठीको आयोजना गरिँदै आएको छ । विश्व वातावरण दिवस हरेक वर्षको जुन ५ का दिन मनाइन्छ । संयुक्त राष्ट्रसंघले संयोजन गर्ने दिवसको यस वर्षको नारा ‘वायु प्रदूषण’ रहेको छ भने आयोजक राष्ट्र चीन परेको छ ।
विश्व वातावरण दिनदिनै प्रदूषित हुँदै गइरहेको छ । जैविक विविधतामा ह्रास आउँदै छ । जलवायु परिवर्तनको नकारात्मक असर वन्यजन्तु तथा वनस्पतिमा अपरिवर्तनीय तरिकाले पर्दैछ । जसले मानवीय अस्तित्वमा नै प्रश्नचिन्ह खडा गरिदिएको छ । यी सबैका प्रमुख कारक मानवीय गतिविधिहरु हुन् भनेर वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् ।

तसर्थ वातावरण संरक्षण, सम्वद्र्धन र सुधारमा साहित्यकारहरुको पनि प्रमुख भूमिका हुन्छ भन्ने जनचेतना फैलाउन यस्ता कार्यक्रम गरिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!