जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा
टोकियो, जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् ।










