कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर, नयाँ सरकारको प्रक्रिया थाल्न सर्वोच्चको आदेश
काठमाडौं २७ जुलाई २०२३ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।