बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु

SHARE:

काठमाडौं । बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका १ का कलकबहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक माहानन्द जोशीले बताए ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लिग नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!