अगस्टबाट नेपालमा पेट्रोलियम पाइप लाइन तेल भित्र्याउने तयारी

SHARE:

सिमरा । मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्टदेखि तेल भित्र्याउने गरी तयारी थालिएको छ । पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ ।

अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । ‘अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको छ,’ उनले भने । भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको गोइतले बताए । भारतले अत्याधुनिक पम्पिङ हाउस मोतीहारीमा निर्माण गरिरहेको छ ।

नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पंपिङ हाउस सञ्चालनमा नआउन्जेलसम्मका लागि सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल भित्र्याउने तयारी गरिएको आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । ‘पाइप लाइनबाट तेल भित्र्याउन अटोमेटिक कन्ट्रोल रुम निर्माण गरिन्छ,’ उनले भने, ‘कम्युटरको माध्यमले स्वचालित उपकरणलाई थोरै जनशक्तिमा कन्ट्रोल गर्न सकिन्छ ।’ यो उपकरण नयाँ हो । नेपालमा पहिलोपटक अभ्यास गरिँदै छ । भारतमा यसको प्रयोग भइरहेकाले आफूहरू पनि यसको सफल परीक्षणमा विश्वस्त रहेको यादवको भनाइ छ ।

अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न तयारी अवस्थामा राखिएको ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरका दुई गरी चारवटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गर्ने काम चलिरहेको मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना कार्यालयका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।

पाइप लाइनबाट भित्रिने तेलको प्रेसर अत्यधिक हुने भएकाले त्यसलाई कम गर्न स्वचालित घुमाउरा भल्भसमेत राखिसकिएको उनले बताए । यसलाई कम्प्युटरले आफैं चलाउनेछ । ‘पाइप लाइनबाट प्रतिघण्टा १९० देखि २ सय किलोलिटर तेल भित्रिन्छ,’ पौडेलले भने, ‘यसका लागि १६ हजार किलोलिटर क्षमता थेग्ने ट्यांक तयारी गरिसकिएको छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!