नेपाल भित्रियो थर्मल प्रविधि, पानी तताउन र कोठा न्यानो गर्न सहज

SHARE:

पोखरा । यूरोपियन मुलुकहरुमा पानी तताउन र कोठा न्यानो गर्न थर्मल प्रविधिको अत्यधिक प्रयोग हुने गर्छ । अब त्यही प्रविधि नेपालमा नै पाइने भएपछि घरायसी प्रयोगमात्रै नभई विशेषगरी होटल व्यवसायी यो प्रविधिबाट लाभान्वित हुने भएपछि निकै उत्सुक देखिएका छन् । यो प्रविधि बेलायतमा बसेर विगत दुई दशकदेखि यही पेसा अँगाल्दै आएका धनु थकाली र जगन गुरुङको जोडीले पोखरामा डि एण्ड जे कम्पनीका माध्यमबाट प्रविधि भित्र्याएपछि होटल व्यवसायीहरु धेरै लाभान्वित हुने देखिएका हुन् ।

बेलायतीहरुले लामो समयदेखि कोठा तताउने मात्रै नभई नुहाउन, भाँडा धुनसमेत कम खर्चमा वातावरण मैत्री प्रविधि अब नेपालीहरुले समेत प्रयोग गर्न पाउने भएका छन् । धनु र जगनले नेपालमा यो व्यवसाय करिब तीन वर्षअघि देखि परीक्षणका रुपमा सुरु गरेका थिए । ‘उतैको सामान किनेर राख्दा प्रविधि महँगो हुन्छ त्यही भएर नेपाली सुहाउँदो र खर्चले पनि धान्नसक्ने हिसाबले यो प्रविधि भित्र्याएका हौं’ थकालीले भने । उनले चार वटा कोठाका लागि करिब २ लाख ५० हजारदेखि ३ लाख खर्च लाग्ने बताए ।

अहिले यो प्रविधि पोखराको टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज, पोखरा र काठमाडौं केही घरहरुमा परीक्षणका रुपमा सुरु गरिएको थकालीले बताए । ‘हामीले जहाँ जहाँ यो काम गरेका छौं ग्राहक सदस्यहरु निकै खुसी हुनुहुन्छ जसका कारण हामी निकै हौसिएका पनि छौं’थकालीले भने । उनले नेपालका लागि केही दक्ष कामदार सँगै यो प्रविधिलाई अझै शुलभ बनाउन प्रयासरत रहेको पनि बताए ।

सो प्रविधिबारे जानकारी दिन पोखरामाआयोजित एक कार्यक्रममा कास्की अन्नपूर्ण गाउँपालिकास्थित छुम्रुङका होटल व्यवससायीहरु उत्साहित हुँदै सहभागी भए । सहभागीमध्ये स्थानीय होटल व्यवसायी कुमार गुरुङले भने–‘छुम्रुङ निकै चिसो ठाउँ भएको र गिजरको प्रयोग महँगो र भरपर्दो नभइरहेको अवस्थामा थर्मल प्रविधि देखेपछि निकै खुसी लाग्यो ।’अर्का होटल ब्यवसायी कुन्जु गुरुङले कोठा तताउन मट्टितेलको हिटर प्रयोग गर्दा गन्धआउने भएकाले विदेशीप र्यटकले मन नपराउने त अर्कोतिर अन्नपूर्ण संरक्षण क्षेत्र भएकाले दाउरासमेत बाल्न नपाइने कारणले पनि यो प्रविधि निकै सहज हुने विश्वास व्यक्त गरे ।

व्यवसायी सविता आचार्यले भनिन्–‘छुम्रुङ जस्तो चिसो ठाउँको लागि यो थर्मल प्लान्ट निकै भरपर्दो लाग्यो ।’ कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ११ काअध्यक्षहिम गुरुङले सहभागिता जनाउँदै पानी तताउन र कोठा न्यानो बनाउन यो प्रविधि राम्रो रहेको धारणा राखे ।

के हो त थर्मल प्रविधि?
वर्षौदेखि यूरोप र विशेषगरी विकसित देशहरुमा घर–घरमा प्रयोग हुँदै आएको यो प्रविधि हो । खाना पकाउने एलपिजी ग्यासको माध्यमबाट सजिलोसँग कोठा तताउन र नुहाउनका लागि तातो पानीसँगै आउनाले यो प्रविधि निकै सजिलो र वातावरण मैत्री मनिन्छ । यो प्रविधि सेन्ट्रल हिटिङ सिष्टमबाट पुरै कोठाहरु, भान्छा कोठाहरुमा न्यानोपन दिन निकै सजिलो छ ।

सेन्ट्रल हिटिङ सिस्टेम र वाटर हिटिङ प्रविधि सुरुमा राख्दा केही महँगो जस्तो देखिने भए पनि प्रयोगका हिसाबले सस्तो हुने थकाली बताउँछन् । बेलायतीहरु वातावरण मैत्रीका सामग्री प्रयोगका लागि सचेत भएकाले पनि यो प्रविधि बेलायतलगायत यूरोपेली मुलुकमा निकै चर्चित रहेको उनको भनाइ छ । यो खासगरी बिरामी, केटाकेटी र वृद्ध–वृद्धाका लागि निकै उपयोगी हुने थकालीले स्पष्ट पारे । धाराको चिसो पानीलाई मेसिनमा भएको सेन्सरले तातो गराउने काम गर्छ । मेसिन भित्रको पानी तातो भएपछि कोठाको वायुमण्डलमा फैलिन्छ र मेसिनमा आफूले चाहेको तापक्रमअनुसार मिलाउन सक्ने गरी सुइचहरु समेत राखिएको छ ।

वाटर वोइलर हिटर जुन एकदमै सुरक्षित छ । यसले ३५ देखि ६० डिग्री सेल्सियससम्म तापक्रम दिन्छ । यो मेसिनलाई ५ वर्षमा एक पटक मेन्टेनेन्स गर्दा हुने थकालीले बताए । उनकाअनुसार दैनिक लगातार चारदेखि पाँच घण्टा प्रयोग गर्दा एउटा एलपिजी ग्यासले करिब तीन हप्तासम्म तीनवटा कोठा तताउन र नुहाउन, भाँडा धुन तातो पानी प्रयोग गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!