गुल्मीमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु, ४ बेपत्ता

SHARE:

काठमाडौं । अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् ।

सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २ जना बेपत्ता भएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए । ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिएको छ। पहिरोले पुरेर तिलकुमारी र उनका १० वर्षीय छोरा दर्शनको मृत्यु भएको हो । सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ।

सिङदीमा पहिराेले घर पुरिँदा माया विक र उनका १७ वर्षीय बवी विक बेपत्ता छन्। पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको वडा सदस्य अर्जुन तरामुले जानकारी दिए । सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन् । भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ। ४ जना पहिरोमा बेपत्ता छन्। बेपत्ता भएकाको अहिलेसम्म केही जानकारी नआएको उनले बताए ।

लिम्घाको भीरकुनाका ६ घरमा पूर्णरुपमा क्षति पुगेको छ। तीन घरमा ९ जना बस्दै आएका थिए। लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय उद्धारमा खटिएका छन् । यहाँ अझै पनि २० घर बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए । बिहान ३ बजेपछि यहाँ ठूलो पानी परेको थियो । अहिले पनि लेदो माटोसहित पहिरो खसेको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!