सामाजिक सन्जालमा गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने विषयमा सहमति

SHARE:

काठमाडौं । सामाजिक सन्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोजिने भएको छ ।

विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको विकास तथा प्रविधि समितिले सामाजिक सन्जालमा गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने विषयमा सहमति जुटाएको हो

विधेयकको दफा १२ मा आधिकारिक रुपमा जानकारी नभइ विज्ञापन गर्न नहुने विषय उल्लेख छ । विज्ञापन प्रकाशन वा प्रसारण गर्ने विद्युतीय अनलाइन, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभइ विज्ञापन गर्न नहुने व्यवस्था विधेयकमा छ । त्यसमा सांसदहरुले सामाजिक सन्जाललाई पनि समेट्नु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए । आइतबारको विकास समितिको बैठकमा पनि सांसदहरुले यो विषय उठाएका थिए ।

बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सामाजिक सन्जाललाई पनि समेट्दा केही फरक नपर्ने भनेपछि समितिले त्यसलाई पास गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!