मेलम्ची खानेपानीको पाइपमा पुरिँदा दुई कामदारको मृत्यु

SHARE:

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

सहोदर दाजुभाइ दुवैलाई चिन्ताजनक अवस्थामा बिहान साढे १० बजे उद्धार गरिएको थियो। आधा घन्टा लामो प्रयासपछि उद्धार गर्दा चिन्ताजनक अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि पठाइएकोमा मृत्यु भएको सिंहले बताए।

बालाजु चोकस्थित मेलम्ची खानेपानी खानेपानीको पाइपलाइनमा काम गरिरहेका बेला उनीहरू पाइपभित्रै फँसेका थिए। कामदार पुरिएको थाहा पाउनेवित्तिकै परिसर र बालाजु बृत्तका प्रहरी उद्धारमा जुटेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!