परिवर्तन [कविता]

SHARE:

सदियौंदेखि अहिलेसम्म
इतिहासका पानाहरूमा
आँशुका धेरै दागहरू छन्
चिथोरिएका घाउहरू छन्
नारीका दब्बिएका स्वरहरू,
धेरै कथा, व्यथाहरू छन्
गलाभित्रै थुनिएर निसासिएका
चित्कार र सुस्केराहरू छन्
तर…
आज समय फेरिएको छ
यद्यपि प्रश्न उही बाँकी छ र
सबैको अगडि तेर्सिएको छ
छोरा- छोरी दुवैलाई
साँचो रुपमा समान बनाउन
र साँचो अर्थमा भन्ने हो भने
अब दोस्रो पुस्ता नै
हाम्रो भविष्य बन्ने हो भने
आऊ एउटै गरौं हाम्रा
लवज र आवाजहरू
एउटै पारौँ हाम्रा
सोंच र विचारहरू र
हाम्रा मानसिकताहरू
परिवर्तन ल्याउनु छ भने
दोस्रो पुस्तालाई हाम्रो
भविष्य बनाउनु छ भने
हामी हाम्रा छोरालाई
नारीको सम्मान गर्न सिकाऔँ
शक्ति होईन एक आपसको
सही सहारा बन्न उत्प्रेरित गरौँ
ठूलो आवाज र आदेश होईन
प्रेमले संसारमा चल्न सिकाऔँ
त्यतिमात्र होईन
छोरीलाई आत्मविश्वासी बनाउन
डर र कमजोर हुनुदेखि बचाउन
सिकाईनु पर्छ दृढ पाईला चाल्न
आफ्नो आकाश आफै टाल्न
कोरिनु हुँदैन कुनै सिमानाहरू
देखाउनु पर्छ उनलाई
भविष्यका असिमीत सम्भावनाहरू
दुवैलाई उस्तै नैतिकताको
पाठ पढाएर
हरेक क्षेत्रमा दुवैलाई अघि बढाएर
हात उठाउनेभन्दा पनि
हात समाएर
सक्षम बनाउनु पर्छ
मर्यादा र अनुशासनको अर्थ
गहिरो रुपले बुझाउनु पर्छ
स्वतन्त्रता भित्रको गहन जिम्मेवरी
मनको पींधदेखि देखाउनु पर्छ
जीवन यात्रामा
आफ्नो जीवनको तयारी गर्दै
अधिकार सँग सँगै चल्ने कर्तव्य त
जीवनको एक सुखद खेल हो भनेर
बुझ्ने गरी बुझाउनु पर्छ
दुवै मिली समानताको उज्यालो
जगतमा ल्याउनु पर्छ र
दुवै सन्तानलाई समान मूल्य दिने
समाजको दिशा र चेत आउनु पर्छ
यसैलाई भोलिको शिक्षा बनाई
समाजले दिशा निर्देश गर्नु पर्छ
इतिहासले दिएको पिडा र दाग
अब त मेटिनु पर्छ
अब त मेटिनु पर्छ …।

हाल : टल्सा …।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!