भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कार्यक्रम स्वीकृत

SHARE:

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै ५न् ।

बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका राज्यमन्त्री बाँस्कोटाले बताए । उक्त निर्देशिकाअनुसार विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिकको माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनुपर्नेछ ।
–––

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!