नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गरेको निर्वाचन मण्डलले जानकारी दिएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । साथै उपाध्यक्ष महिलामा सीता रानामगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आलेमगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढुटमा हर्क आलेमगर, मगर खाममा जीवन प्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित भएका छन् ।
महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित भएका छन् । सचिवमा विष्णुबहादुर रानामगर, सचिव झविन्द्र पुनमगर र तारामाया थापा मगर निर्वाचित भएको जनाइएको छ ।
साथै कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर, लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिएका छन् ।
साथै सदस्यहरुमा जुनु पुनमगर, गिरमान गाहा मगर, रमेश पुनमगर, इन्द्र सारू मगर, रमेश थापामगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित भएका छन् । .
अध्यक्ष्य:- श्री रक्षा ब० रैका मगर
बरिष्ठ उपाध्यक्ष्य:- श्री टेक नामजाली मगर रैक
उपाध्यक्ष्य:- (खुल्ला) श्री कविराज राज मगर
उपाध्यक्ष्य:- (खुल्ला) श्री तेज बहादुर आले
उपाध्यक्ष:- (महिला) श्री सीता राना मगर
उपाध्यक्ष्य:- (सांस्कृतिक) श्री दीपसागर मगर
उपाध्यक्ष्य:- (मगर ढूट) श्री हर्क आले मगर
उपाध्यक्ष्य:- (मगर खाम) श्री जीबन प्रवेश मगर
उपाध्यक्ष्य:- (मगर काइके) श्री भीम रोकाय मगर
महासचिव:- श्री होम राज खपाँगी मगर
उपमहासचिव:- (महिला) श्री मंजु थापा मगर
उपमहासचिव: श्री शिद्धान्त जर्गा मगर
उपमहासचिव:- श्री खगेन्द्र पून मगर
उपमहासचिव: श्री हिरू सरा राना मगर
सचिव:- श्री बिष्णु बहादुर राना
साचिब: श्री झबीन्द्र पुन मगर
साचिब:- श्री तारा माया थापा
कोषाध्यक्ष:- श्री पूर्ण राना मगर
सह-कोषाध्यक्ष:- श्री गायत्री मगर
प्रदेशको छूटेको छ यहाँ
लेखा संयोजक:- श्री योबन कुमार राना मगर
निर्वाचन समिति संयोजक:- श्री तेज बहादुर घर्ती मगर
खुल्ला सदस्य:- श्री जुनु पून मगर
खुल्ला सदस्य: श्री गिरमान गाहा मगर
खुल्ला सदस्य:- श्री रमेश पुन मगर
खुल्ला सदस्य:- श्री इन्द्र बहादुर सारू मगर
खुल्ला सदस्य:- श्री रमेश थापा मगर
खुल्ला सदस्य:- श्री महेश राना मगर
खुल्ला सदस्य:- श्री तारा राईका मगर
खुल्ला सदस्य:- श्री लक्ष्मी मगर






