
काठमाडौं । निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा सरकारले स्वीकृत गर्न सक्ने भएको छ । प्रस्तावित ’संघीय निजामती सेवा ऐन’ को दफा १२१ मा रहेको सामूहिक राजीनामा स्वीकृत गर्न सक्ने दफामा सहमति जुटेसँगै कर्मचारीको सामूहिक राजीनामा दिएमा उक्त राजीनामा सम्बन्धित कार्यालयले स्वीकृत गर्न सक्ने भएको हो ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयकमा छलफल भएको थियो । सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गराएको विधयेकमा ’निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा सम्बन्धित निकाय वा अधिकरीले त्यस्तो राजीनामा सम्बन्धित निजामती कर्मचारीले दिएको यकिन गरी स्वीकृत गर्न सक्नेछ,’ उल्लेख छ ।
समितिको बुधबारको बैठकमा यस विषयमा छलफल जुटे पनि अहिले विधेयकको दफावार छलफलको क्रममा छ ।






