‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा

SHARE:

काठमाडौ ।‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) पुरस्कृत हुने भएका छन् ।

पुरस्कार छनोट समितिको बिहीबारको बैठकले गरेको निर्णय फोनिज सचिवालयको शुक्रबारको बैठकले अनुमोदन गरेको विज्ञप्तिमार्फत जनाएका छन् । फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ छ ।

गणेश राई (छापा, कान्तिपुर दैनिक, काठमाडौं)- कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक गणेश राई लामो समयदेखि आदिवासी जनजातिको मुद्दामा कलम चलाउँदै आउनु भएको छ । २०५० देखि २०७४ सम्म त्रिभाषीय त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ सम्पादन गर्नुभएका राईले कौशिकी, निप्सुङ, कावा लगायतका भाषिक पत्रिकामा सम्पादकको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । २०४८ सालबाट वाम्बुले राई भाषा लेखन थालनी गर्नु भएका राई ‘किरात राई पत्रकार संघ’का संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ फोनिजको सल्लाहकार हुनुहुन्छ ।

कौशल चेम्जोङ (रेडियो, त्रियुगा एफएम, उदयपुर)- २०४५ सालबाट दृष्टि साप्ताहिकमार्फत पत्रकारीता सुरुवात गर्नु भएका कौशल चेम्जोङ वरिष्ठ पत्रकार हुनुहुन्छ । तीन दशकको निरन्तर पत्रकारीता यात्रामा उहाँले ‘टंकेला साप्ताहिक’को सम्पादक÷प्रकाशक हुँदै ब्लाष्ट दैनिक धरानको कार्यकारी सम्पादक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । प्रारम्भदेखि हालसम्म जनआस्था साप्ताहिकको वरिष्ठ संवाददाताको रुपमा कार्यरत चेम्जोङ रेडियो त्रियुगामा स्थापनाकालदेखि नै स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ । चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उप–सभापति समेत रहनु भएको छ ।

राजबहादुर गुरुङ (अनलाइन, यूनाइटेडखबर डटकम, कास्की)- २०५१ सालबाट पत्रकारितामा सक्रिय राजबहादुर गुरुङ पोखराबाट प्रकाशित÷सञ्चालित यूनाइटेड दैनिक र यूनाइटेडखबर डटकमको प्रकाशक तथा सम्पादक हुनुहुन्छ । जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजन लगायतमा काम गरिसक्नु भएका गुरुङ नेपाल पत्रकार महासंघ कास्कीको पूर्व उपाध्यक्ष हुनुहुन्छ । उहाँ फोनिजको सल्लाहकार हुनुहुन्छ ।

शोभा श्रेष्ठ (टेलिजिभन, नेपाल टेलिभिजन, काठमाडौं)- नेपाल टेलिभिजनमा वरिष्ठ समाचार सम्पादकको रुपमा कार्यरत शोभा श्रेष्ठ लामो समयदेखि आदिवासी जनजातिको विषयमा कलम चलाउँदै आउनु भएको छ । आदिवासी जनजातिको भाषा, कला, संस्कार संस्कृति, रितिरिवाज र परम्परामा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशाण गर्दै आउनु भएका श्रेष्ठ नेवाः पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिसक्नु भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!