बेलायतमा २५औं विश्व आदिवासी दिवस मनाइयो

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ यूकेले विविध कार्यक्रमका साथ २५ औं विश्व आदिवासी दिवस मनाएको छ ।

गत शनिबार १० अगस्टका दिन अल्डरसटस्थित एम्पायर हल अल्डरसटमा विश्व आदिवासी दिवस रजत महोत्सवको रुपमा मनाइएको हो । बेलायतमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरुको छाता संगठनको रुपमा रहेको जनजाति महासंघ यूकेले प्रत्येक वर्ष अगस्ट महिनामा विश्व आदिवासी दिवसलाई विशेष महत्वका साथ मनाउँदै आएको छ । यस वर्ष नेपाली राजदूतावास लन्डनले समेत पहिलोपटक २७ जुलाईका दिन दूतावास भवन लन्डनमा म्यूजिक एण्ड फुड फेस्टिबलको आयोजना गर्दै २५ औं विश्व आदिवासी दिवस मनाइसकेको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रमुख अतिथिको आशनबाट बोल्दै, दूतावासलाई सबै नेपालीहरुको साझा घरको रुपमा स्थापित गर्ने आफूले गरेको उद्घोष पूरा भएको विश्वास व्यक्त गरे । उनले नेपालको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा नेपालका आदिवासी जनजातिहरुले खेलेको भूमिका र योगदानको खुलेर प्रशंसा गरे ।

सो अवसरमा अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पाले नेपालका आदिवासी जनजातिले हक अधिकारका लागि गरेको आन्दोलनको परिणामलाई रिभ्यू गर्ने बेला आएको बताइन् । उनले हामीले राजनीतिक नेतृत्वलाई दोष लगाउँदै आएका छौं तर नेतृत्वभन्दा पनि नेपालको प्रशासन संयन्त्रलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुले आदिवासी जनजातिहरुको हक अधिकार, आन्दोलन र संघर्षका बारेमा बोल्दै शुभकामना मन्तव्य प्रकट गरेका थिए । त्यस्तै, कार्यक्रममा दुरा सेवा समाज यूकेले दुरा ठाडो भाका प्रस्तुत् गरेका थिए भने गायिका पार्वती राई, गायक ब्रबिम शेर्मा, अर्जुन सनाम, जेनी सुनुवार लगायतले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए ।

नेपाल आदिवासी जनजाति महिला महासंघ यूके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेको सहकार्यमा सम्पन्न कार्यक्रमको अन्त्यमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारले कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका खेल्ने विभिन्न संघसंस्था, कार्यसमिति लगायत उपस्थित सबैलाई धन्यवाद दिए ।

कार्यक्रमलाई सम्पन्न गर्नका लागि आदिवासी जनजाति महासंघ यूके, नेपाल आदिवासी जनजाति महिला महासंघ यूके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेका अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले विशेष भूमिका खेलेका थिए । जनजाति महासंघ यूकेका अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव खुशी लिम्बुले सञ्चालन गरेका थिए

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!