तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा चित्रबहादुर तमु

SHARE:


हुम तमु
पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्या नाराका साथ जापानमा स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपाललेको शनिबार पोखरामा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले चित्रबहादुर तमुको अध्यक्षतामा १५सदस्यीय कार्यसमिति गठन गरेको छ।

आगामी तीन वर्षे कार्यवधिका लागि सर्वसम्मतिबाट गठित कार्यसमितिको प्रथम उपाध्यक्षमा श्रीजंग तमु, द्वितीय उपाध्यक्षमा हिरादेवी तमु, सचिवमा भेषराज तमु, सहसचिवमा कञ्जन तमु, कोषाध्यक्षमा कौशिला तमु र सहकोषाध्यक्षमा श्यामबहादुर तमु चयन भएका छन् । सदस्यहरुमा डमरबहादुर तमु, मणिलाल तमु, लक्ष्मी तमु, लोकबहादुर तमु, किरण तमु, टेकनसिंह तमु चयन हुनुभएको छ भने पदेन सदस्यहरुमा निवर्तमान अध्यक्ष चिजकाजी तमु र तमु विद्यार्थी समितिकी अध्यक्ष शिला तमु कार्यसमितिमा रहेका छन् ।

कार्यसमिति गठनको व्यवस्थाबारे निर्वाचन समितिका सदस्य अधिवक्ता हुमबहादुर तमुले जानकारी गराउनुभएको थियो भने नवगठित कार्यसमितिको नाम निर्वाचन समितिका सदस्य दुर्गाबहादुर तमुले घोषणा गरेका थिए । यसरी नै निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक तेजबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नेतृत्व चयनका लागि प्रतिष्ठानका सल्लाहकार तेजबहादुर तमुको संयोजकत्वमा, आजीवन सदस्य दुर्गाबहादुर तमु, आजीवन सदस्य अधिवक्ता/पत्रकार हुमबहादुर तमु रहेको निर्वाचित समिति गठन गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चित्रबहादुर तमुले आफूलाई विश्वासका साथ नेतृत्व प्रदान गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे । उनले सामाजिक सेवाका लागि प्रतिष्ठानमा आफुहरु प्रतिवद्ध रहेकाले सक्दो सेवामा समर्पित हुने र टिम वर्कका टिम स्पिरिटका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मीना तमुले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने तमु समुदाय निर्माणका लागि तमु साँस्कृतिक प्रतिष्ठानले शिक्षामा लक्षित सेवा गरेकोमा धेरै धेरै धन्यवाद दिए ।

प्रतिष्ठानले सबै तमु संघ संस्थाको भावनात्मक एकताको सम्बोधन गरेको बताउनुभयो। उच्च शिक्षाका लागि तमुहरुलाई अभिप्रेरित गर्न प्रतिष्ठानले ठुलो भुमिका खेलिरहेको छ, शिक्षासँगै सचेतना र राजनीतिमा लाग्नु पर्ने उनको आग्रह थियो। सकरात्मक सोंचका साथ निरन्तर लागिरहे नेतृत्व स्थापित र अवसर प्राप्त हुने भएकाले तमुहरुलाई सचेतताका साथ अभियानमा जुटिरहनुपर्नेमा समेत उनको सुझाव थियो।

विशेष अतिथि लण्डन बोरो अफ बार्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर तमुले शुभकामना व्यक्त गर्दै उन्नति र प्रगतिका लागि राज्यको मुलधारमा तमुहरुलाई पुर्याउन प्रतिष्ठानले शिक्षा क्षेत्रमार्फत भुमिका निर्वाह गरेकोमो खुशी व्यक्त गरे । विश्वभर रहेका तमु संघ संस्थालाई प्रतिष्ठानका पदेन सदस्य बनाई संसारका तमुहरुलाई उउटै मालामा गाँस्ने र असल कार्यक्रम सहभागी गराउन प्रतिष्ठानलाई सुझाए ।

तमु धिं युकेका प्रतिनिधी मेजर लक्ष्मीप्रसाद तमुले शुभकामना व्यक्त गर्दै प्रतिष्ठानले संख्यात्मक भन्दा पनि गुणात्मक सेवाका लागि सोच्नुपर्दछ भन्दै असल कार्यमा तमु धिं युकेले विगतदेखि हरेक क्षेत्रमा सघाउँदै आएको र आगामी दिनमा पनि सगैरहेको सम्झन आग्रह गरे ।

कार्यक्रममा सांसद मिना तमु, लण्डन बोरो अफ बार्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर तमु, धर्मपत्नी शोभा तमु, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरी एस ई ई मा अन्नपुर्ण मावि सिक्लेसबाट ३.९ जिपिए अंक प्राप्त गर्ने स्नेहा तमु, प्रतिष्ठानबाट पुुरष्कृत एवम उच्च शिक्षा हासिलमा लागि सहयोग प्राप्त इञ्जिनिरिङमा अध्ययनरत पवन तमुलाई सम्मान गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!