यी हुन् नेकपाका जनसङ्गठन इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीका नेता

SHARE:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न बैठकको निर्णयअनुसार उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ ।

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा
इन्चार्ज – माधव ढुङ्गेल
सहइन्चार्ज – कृष्ण केसी
अध्यक्ष – रमेश मल्ल
सचिव – सुनिता बराल

मजदूर विशेष जिल्ला कमिटी
इन्चार्ज – विना श्रेष्ठ
सहइन्चार्ज – कुमार पौडेल
अध्यक्ष- जगत सिंखडा
सचिव -नरनाथ लुइँटेल

पेशागत विशेष जिल्ला कमिटी
इन्चार्ज – केशवप्रसाद नेपाल
सहइन्चार्ज- प्रेमल खनाल
अध्यक्ष – प्रेम पराजुली
सचिव – कृष्णराज केसी

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी
इन्चार्ज – पार्वत गुरुङ
सहइन्चार्ज – शशी श्रेष्ठ
अध्यक्ष – नाम तय हुन बाँकी
सचिव – चन्द्र रिजाल

केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज – छविलाल विश्वकर्मा
सहइन्चार्ज – डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी
अध्यक्ष- प्रल्हाद बुढाथोकी
सचिव- नरेन्द्र श्रेष्ठ

बैठकले सात वटै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ ।

ट्रेड युनियन महासङ्घ
इञ्चार्ज – जयपुरी घर्ती
सहइन्चार्ज-विनोद श्रेष्ठ

अखिल नेपाल महिला सङ्गठन
इन्चार्ज-गोमा देवकोटा
सहइन्चार्ज-कमला रोका

राष्ट्रिय युवा सङ्घ नेपाल
इन्चार्ज-महेश बस्नेत
सहइन्चार्ज-रामप्रसाद सापकोटा

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन
इन्चार्ज-हितमान शाक्य
सहइन्चार्ज-विनोद ढकाल

नेपाल वुद्धिजीवी सङ्गठन
इन्चार्ज-अग्निप्रसाद सापकोटा
सहइन्चार्ज-टङ्क कार्की

पेशागत महासङ्घ
इन्चार्ज- पम्फा भुषाल
सहइन्चार्ज-विश्वनाथ प्याकुरेल

जनसङ्गठनका संयोजक र सहसंयोजक यसअघि तोकी सकिएको छ । इन्चार्ज तोकिएसँगै अब ती सङ्गठनको केन्द्रीय कमिटीले पूर्णता पाउनेछ ।

एकता प्रक्रियाका महत्वपूर्ण चरणहरु यसअघि पार भइसकेका छन् । अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रभाव कमिटीको गठन, केन्द्रीय निकायको गठन, पोलिटब्यूरो आदि कार्यसूचीमा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!