प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकारको आलोचना

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको कार्यशैलीप्रति चर्को रुपमा आलोचना गरे ।

देउवाले ओलीलाई भनेु तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न । तपाईंको गराई र भनाईमा धेरै फरक छ । जनतालाई सुरक्षा दिन्छु भन्नु भयो तर सुरक्षा छैन । विप्लव माओवादीले हाम्रो पार्टी का नेतालाइ गाउँगाउँ बाट लखेट्न थालेका छन् । गोली हान्ने थालेका छन् खोइ सुरक्षा रु भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्नुभएको थियो तर त्यस्तो देखिएन । जताततै भ्रष्टाचार भइरहेको छ । सरकारले नियन्त्रण गर्न सकेको छैन । विधेयकहरू जथाभावी बनाइरहनु भएको छ कसैसँग सल्लाह गर्नुहुन्न । दुई तिहाइको सरकार भन्नुहुन्छ तर त्यस्तो कहि देखिएको छैन । तपाईंको बोली र व्यवहारमा सुधार ल्याउनु परेको देखिन्छ ।’

बैठकमा राजपा नेपालका नेता महन्थ ठाकुरले पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । उनले भने ‘मान्छे मारेर आइ चुनाव जितेका नेता सरकारमा छन् तर एकजना आन्दोलनकारी जो चुनाव जितेका छन्, उ जेलमा छन् एउटै देशमा दुईटा कानुन कसरी हुन्छ रु सविधान संशोधन गर्ने पटकपटक भन्नु भएको थियो तर खोइ अहिलेसम्म भएको छैन । मुद्दा फिर्ता लिने सहमति भएको थियो तर अहिलेसम्म भएको छैन । तपाईंले आफैंले भन्नुभएको कुरामा तपाईं आफै प्रतिबद्ध हुनुहुन्न । अनि तपाईको बोली र व्यवहारमा कसरी विश्वास गर्ने । बिश्वास गर्ने आधार नै छैन आज एउटा भन्नुहुन्छ भोली अर्कै हुन्छ ।’

त्यस्तै बैठकमा राजपा अध्यक्षमण्डलको अध्यक्ष राजकिशोर यादवले भने, ‘प्रधानमन्त्रीज्यु तपाईंको लागि अहिले ठुलो मौका हो तपाइँले आँट देखाउनुपर्यो । तपाईंले अहिले केहि गर्न सक्नुभएन भने कहिले केहि गर्न सक्नुहुन्न । तपाईंको एतिहासिक समय हो तपाइँले क्रम भङगता गर्नुपर्छ । सबैलाइ मिलाएर लग्ने दिन हो तपाइको । अहिले यहाँ पनि चारजना पूर्व प्रधानमन्त्री हुनुहुन्छ पहिलाको जस्तो प्रधानमन्त्री तपाईं होइन, तपाइ विशेष परिस्थितिको प्रधानमन्त्री हुनुहुन्छ यसमाा ध्यान दिनुस र जनताको मन जित्ने प्रयास गर्नुस् । जनतासँग गरेको प्रतिबद्धता पुरा गर्नुस् ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा एक भएका दलहरु फेरी एकपटक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!