किन गरियो हङकङमा सामाजिक संजालमा कडाई ?

SHARE:

काठमाडौं । हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ । आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएका छन् ।

ट्वीटरले चीनबाट सञ्चालित सयौं अकाउण्टमा हङकङ आन्दोलनबारे गलत सूचना प्रवाह गरेको प्रमाण भेटेको भन्दै ९ सय ३६ वटा अकाउण्ट बन्द गरिदिएको हो । ट्वीटरको यो कदमपछि फेसबुकले पनि त्यसबारे छानबिन गरेको जनाएको छ ।

फेसबुकले सात वटा पेज, तीन वटा फेसबुक च्याट समुह र पाँच वटा अकाउण्ट बन्द गरेको बिबिसीले जनाएको छ । आन्दोलन मत्थर पार्न चिनियाँ स्रोतहरुले सामाजिक सञ्जाललाई गुमराहमा राख्न खोजेको निष्कर्ष ट्वीटर र फेसबुकले निकालेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!