
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायत प्रस्थान गरेका छन् ।
बेलायतमा हुने नेपाली मेलामा भाग लिन मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले जानकारी दिए । ‘हाम्रो स|स्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मुल नारासहित आइतबारदेखि बेलायतमा नेपाली मेला सुरु हुँदैछ । मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुनेछन् ।
तमुधिं यूकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुँदै आएको छ । बेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएनए बेलायतसहित विभिन्न नेपाली समुदायले गर्ने कार्यक्रमहरुमा सहभागी छन् । बेलायत बसाईको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्न र नेपाल भ्रमण २०२० वर्षका लागि वातावरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए ।
मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।






