पत्रकार राई र लिम्बु लण्डनमा

SHARE:


एटा संवाददाता ।
लण्डन । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक गजुरधन राई र मेरो अनलाईन टिभीका पत्रकार विश्व लिम्बु शुक्रबार २३ अगष्ट बिहान लण्डन उत्रेका छन् । उनीहरु एभरेष्ट टाइम्सको निमन्त्रणामा बेलायत आएका हुन् । उनीहरुलाई स्वागत गर्न एभरेष्ट टाइम्सका फोटो पत्रकार मिलन तमु, फोनिज युके संस्थापक अध्यक्ष पूर्ण गुरुङ, सकुन लिम्बु लगायत आफन्तजन र साथीहरु हिथ्रो एयरपोर्ट पुगेका थिए ।
दुईहप्ताका लागि बेलायत आएका पत्रकारद्वयले नेपाली मेला, फोनिजको साधारणसभा, एभरेष्ट टाइम्सको कार्यक्रम, पत्रकारिता तालिम लगायतमा सहभागी हुनेछन् । लामो समय देखि नेपाल टेलिभिजनमा कार्यरत पत्रकार गजुरधन राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रिय उपाध्यक्ष पनि हुन् भने विश्व लिम्बु यसअघि कान्तिपुर टेलिभिजन, माउण्टेन टिभी, गोर्खा एफएममा काम गरिसकेका पत्रकार हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!