मिर्गौलापीडित साइँली तामाङको याचना, ‘मलाई बचाउनुहोस्’

SHARE:


नुवाकोट । तादी गाउँपालिका-३ प्रभुडाँडाकी मिर्गौलापीडित ४६ वर्षीया साइँली तामाङले आफूलाई बचाउन याचना गरेकी छन् । डाइलसिस र औषधि किन्न खर्च अभाव भएको भन्दै पीडित साइँलीले देश-विदेशमा रहेका नेपालीहरुमा सहयोग गरिदिन अनुरोध गरेकी हुन् ।

‘घरमा भएको एउटा भैंसी बेचेर उपचार गरिरहेकी छु । श्रीमान्‌ले कहिलेकाहीं गर्ने ज्याला मजदुरीको आम्दानीले कोठाभाडा तिर्दैमा ठीक्क हुन्छ’ पीडित तामाङले भनिन्, ‘ऋण दिने आफन्त पनि छैनन्, अब खर्च कसरी जुटाउनु ? ।’ उनको दुवै मिर्गौला काम नलाग्ने अवस्थामा छ । नियमित डायलसिस र उपचारका लागि गाउँको घरमा ताला लगाएर श्रीमान् सानु तामाङसहित उनी काठमाडौं मनमैंजुमा डेरा लिएर बसेकी छन् । उनको गोगंबुस्थित नेसनल डाइलसिस सेन्टर प्रा.लि. मा उपचार भइरहेको छ ।

काठमाडौंको बाँसबारीस्थित गंगालाल हस्पिटलले २०७४ पुसमा उनको मिर्गौला खराब भएको पत्ता लगाएको थियो । सोही समयदेखि नियमित उपचारमा रहेकी तामाङको गत जेठ १५ गतेदेखि नियमित रुपमा हप्तामा दुई पटक डायलसिस गराइरहेको छ । अस्पतालका अनुसार फिस्तुलाद्वारा एक पटक डाइलसिस गर्दा २ हजार ८ सय पर्दछ । जुन मिर्गौला प्रत्यारोपण नगरेसम्म वा जीन्दगीभर हप्तामा दुई पटक गर्नुपर्छ ।

स्तरीय डाइलसिस गर्नका लागि बिरामीले हप्तामा ३ हजार पर्ने सुइ (इपीओ) वा रगत आवश्यक अनुसार दिनुपर्ने अस्पताले जनाएको छ । यी अस्पतालको चार्ज हो भनेर बिरामीले लिने औषधि, आउजाउ भाडा र खानाको लागि छुट्टै खर्च लाग्छ ।

नेपालमै मिर्गौला प्रत्यारोपण गरेर ५ लाख र भारतमा भारु ६ लाख पर्ने जनाइएको छ । प्रत्यारोपणपछि आजीवन महिनाको १५ हजार बराबरको औषधि खानुपर्ने नेसनल डाइलसिस सेन्टरका मिर्गौला रोग विशेषज्ञ डा.उपेन्द्र जोशीले जानकारी दिए ।

पीडित तामाङका श्रीमान् सानु तामाङले अहिलेसम्म लगभग ३ लाख रुपैयाँ उपचार खर्च गइसकेको बताएका छन् ।

यसैबीच, मिर्गौलापीडित साइँली तामाङको परिवार र माइती पक्षका युवाहरुको मंगलबार भएको छलफलले सहयोग अभियान चलाउने निष्कर्ष निकालेको छ । मनमैंजुमै भएको छलफलले होमबहादुर तामाङको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको छ । अभियानको नाम ‘मिर्गौलापीडित साइँली तामाङ बचाऔं अभियान’ राखिएको छ ।

 

मृर्गौलापीडित साइँली तामाङलाई सहयोग गर्न चाहनेले

प्रभु बैंक, मनमैंजु शाखा

साइँली तामाङ

खाता नम्बर -16110701339998000001

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!