गोर्खा नेप्लिज टेनिस प्रतियोगिता सम्पन्न

SHARE:

एटा संवाददाता
गोर्खा नेप्लिज टेनिस क्लब यूकेको आयोजनामा टेनिस प्रतियोगिता आयोजना गरेको छ । गत शनिबार २४ अगष्टका दिन अल्डरसटस्थित आर्मी टेनिस कोर्टमा सम्पन्न भएको हो ।

प्रतियोगिताको ओपन ‘ए’ समूहतर्फ तारामान गुरुङ बिजेता बने भने पञ्च पुन उपबिजेता भए । त्यस्तै, ओपन ‘बी’ समूहतर्फ कपिल राई बिजेता भए भने मेजर मोति घले उपबिजेता बने ।

विभिन्न समूहले भाग लिएको उक्त खेलमा भेट्रान (ए) समूहतर्फ नमराज गुरुङ बिजेता र हर्क गुरुङ उपबिजेता बनेका थिए । त्यस्तै, भेट्रान (बी) समूहतर्फ आरबी खालिङ्ग बिजेता र बालकृष्ण राई उपबिजेता बनेका थिए ।

६ जना महिलाले समेत भाग लिएको महिला ओपनतर्फको खेलमा इद्लेन राई बिजेता र रितु गुरुङ उपबिजेता बने । त्यस्तै, ओपन डबलतर्फ जीवन गुरुङ तथा ज्याक गर्बुजा बिजेता भए भने खुम थापा तथा सरोज राई उपबिजेता बनेका थिए ।
कार्यक्रममा हर्कबहादुर गुरुङको अध्यक्षतामा रहेको वर्तमान कार्यसमितिलाई आगामी दुईबर्षका लागि पुनः निर्वाचित गरेको छ ।

कार्यक्रममा अध्यक्ष हर्क गुरुङले कार्यक्रमको संयोजन गरेको स्पोटर्स सेक्रेटरी कृष्ण थापा, सचिव मेजर सरोज राई, सहसचिव मोहन गुरुङ, कोषाध्यक्ष मेजर मोती घले, सदस्य पञ्च पुन लगायतलाई धन्यवाद दिएका थिए । साथै, क्लबले आगामी नोभेम्बरमा विन्टर टुर्नामेन्ट आयोजना गर्ने समेत जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!