लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी महिला पहिलो अध्यक्ष एवं तमु धीं यूकेकी संस्थापक आमा समूह अध्यक्ष पुनम गुरुङ ‘मिस वेल्स-२०२६’ को निर्णायकमा मनोनीत भएकी छन् ।
सन् २०२३ मा ‘मिस वेल्स विउटी विथ अ पर्पोज’मा पनि निर्णायकको भूमिका निभाएकी गुरुङलाई आयोजकले फेरि ‘जज’मा मनोनीत गरेको हो ।
मिस वेल्सकै इतिहासमा नेपाली मूलबाट निर्णायकको रुपमा भाग लिने पुनम पहिलो थिइन् । त्यसअघि नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ ‘मिओड’ गत वर्षदेखि मिस वर्ल्डमा ‘को–औनर’ को रुपमा भित्रिएका थिए ।
गुरुङलाई विश्ववापी रुपमै प्रतिष्ठित विश्व सुन्दरी प्रतियोगिता सञ्चालन गर्दै आएको संस्थाले सन् २०२३ मै ‘मिस वर्ल्ड’को एम्बासडरमा मनोनीत भएकी छन् । विश्ववापी रुपमै प्रतिष्ठित विश्व सुन्दरी प्रतियोगिता सञ्चालन गर्दै आएको संस्थाले उनलाई एम्बास्डर मनोनीत गरेको थियो ।
पुनम फेरि मिस वेल्सको निर्णायकमा छानिएपछि बेलायत, नेपाललगायत नेपालीमा खुसी छाएको छ । उनीहरुले गुरुङलाई बधाई तथा सफलताको शुभकामनासमेत दिएका छन् ।







