काठमाडौं । प्रथम नौमती बाजा गुल्मी समूह यूकेको पहलमा ट्युमर क्यान्सरको उपचार गराइरहेकी हेमा थापालाई १ लाख ४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
सहयोग रकम एनआरएनए नेदरल्यान्डका पूर्वअध्यक्ष तथा रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारका अध्यक्ष रामबाबु नेपालले आसा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीलाई हस्तान्तरण गरेका हुन् ।
ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, सामाजिक अभियन्ता विष्णु पन्त, ज्ञानु नेपाल, एनआरएनए नाइजेरियाका कोषाध्यक्ष दीपक रायमाझी, श्याम थापा लगायतको उपस्थितिमा पीडित हेमालाई आइतबार चेक हस्तान्तरण गरिएको हो । ग्रीनसिटी अस्पताल बसुन्धारामा ब्रेन ट्युमरको अप्रेसन गरिएकी थापाको उपचारका लागि गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी यूकेका संयोजक ओम थापा काउचाको पहलमा सहयोग रकम संकलन गरिएको थियो ।
सहयोग गर्नेहरुमा प्रथम नौमती बाजा गुल्मी यूके समूहबाट ३ सय पाउन्ड, नौमती समूह यूकेका ओम थापा काउचा ७५, के, रि वीर थापा ५० पाउन्ड, कुमार जमुना राना २० पाउन्ड, ओम बुढाथोकी ५१ पाउन्ड, प्रेम गाहा मगर ५० पाउन्ड, निर्वतमान अध्यक्ष गुल्मी जिल्ला समाज र मगर संघ यूकेका उपाध्यक्ष राम गलामी २० पाउन्ड, एनआरएनए यूके नर्दल्यान्ड आइल्यान्ड राज्यका अध्यक्ष नारायण कँडेल ३० पाउन्ड छन् ।
त्यस्तै, गुल्मी जिल्ला समाजका अध्यक्ष तथा नौमती बाजा समूह यूकेका टोप पल्ली १५ पाउन्ड, गुल्मी जिल्ला समाजका सक्रिय सदस्य होम कुँवर २५ पाउन्ड, गुल्मी जिल्ला समाज यूकेका आजीवन सदस्य चन्द्रबहादुर थापा १५ पाउन्ड, पूर्ण बलाल समाजका सल्लाहकार के.रि टाम ढेंगा २५ पाउन्ड, समाजका उपाध्यक्ष राम सापकोटा २० पाउन्ड र समाजका महासचिव बिर बलालले ३० पाउन्ड आर्थिक सहयोग गरेका छन् ।
गुल्मी चन्द्रकोट गाउँपालिका निवासी तथा हाल आसा अपाङ्ग केन्द्रकी प्रशिक्षक ३६ वर्षीया थापा जन्मँदै शरीरको पछाडिको भागमा सानो मासु पलाएको भए पनि पछि बढेर ठूलो रुप लिएको थियो । अहिले ट्युमर अप्रेसन गरेर फ्याँकिएको छ ।
ग्रीनसिटी अस्पतालले अप्रेसन खर्च मिनाहा गरिदिएको थियो भने लायन्स क्लब काठमाडौं–गुल्मीले ७५ हजार रुपैयाँ, मोहन रायमाझी चन्द्रनिगाहपुरले पनि ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको उपाध्यक्ष गंगा रायमाझीले बताइन् ।
बिरामी हेमाले आफ्नो उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरेकी थिइन् ।
सोही अवसरमा ज्ञानु–रामबाबु सामाजिक सेवा पुरस्कारका अध्यक्ष रामबाबु नेपालले आफ्नो संस्थाले सामाजिक सेवा गरिरहेका संस्थाहरुको स्थलगत अवलोकन गरेर वर्षमा ३ वटा सामाजिक संस्थालाई पुरस्कार वितरण गर्ने गरेको बताए । उनका अनुसार पुरस्कारको राशि समग्रमा ४ लाख रहेको छ ।






