एटा संवाददाता
लन्डन । एनआरएनए यूकेले बेलायत भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको स्वागत तथा सम्मान गरेको छ ।
गत आइतबार १ सेप्टेम्बर दिउँसो फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा उनलाई एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले खादा लगाई स्वागत गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई स्पोटर्स टुरिजम, अन्तर्राष्ट्रिय स्तरको कन्फ्रेन्स हल लगायत थुप्रै अवधारणा ल्याएको बताउँदै लगानीका लागि अनुरोध गरे । सो अवसरमा एनआरएनए यूके अध्यक्ष फगामीले मुख्यमन्त्री गुरुङ स्वागत गर्दै गैरआवासीय नेपालीहरुको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डमर घले, संरक्षक सूर्य गुरुङ, सल्लाहकार शिवजी श्रेष्ठ, उपाध्यक्षद्वय शेर सुनार तथा पुनम गुरुङ लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति थियो । सो अवसरमा उपस्थिति सबैले आ–आफ्नो परिचय दिएका थिए ।






