भरत गुरुङ
लन्डन । तमुधिं लन्डन इकाई आमा समूहको आयोजनामा ३१ अगस्ट २०१९ शनिबार लन्डनको हेजस्थित कम्युनिटी सेन्टरमा भव्य रूपमा तीज कार्यक्रम सम्पन्न भएको छ ।
आमा समूहकी अध्यक्ष डिलमाया गुरुङले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय संघ बेलायतकी उपाध्यक्ष पुनम गुरुङ रहेकी थिइन् । विशिष्ट अतिथिमा तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ र उनका धर्मपत्नी जगतकुमारी गुरुङ सहभागी थिइन् ।
विभिन्न संघ सस्थाका विशिष्ट ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम आमा समूहकी अध्यक्ष डिलमाया, विशिष्ट अतिथि जगतकुमारी, बिष्णु गुरुङ र कार्यक्रम संयोजक गुड्डु गुरुङले सामूहिक रूपमा दीप प्रज्वालन गरी समुद्घाटन गरेका थिए ।
समूहकी सहसचिव गुना गुरुङले सञ्चालन गरेको कार्यक्रममा सुरक्षासम्बन्धी जानकारी कार्यक्रम सहसंयोजक दुर्गा गुरुङले गराएकी थिइन् । आमा समूहकी उपाध्यक्ष कमला गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् । यसैगरी कार्यक्रम संयोजक गुड्डु गुरुङले कार्यक्रममा उपस्थित सबैलाई हरितालिका तीज पर्वको शुभकामना दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।
महासचिव हेलिसा गुरुङबाट सञ्चालन भएको दोस्रो चरणमा मनोरञ्जनात्मक कार्यक्रममा इन्देणी कार्यक्रमकी गायिका खिमा रोका मगरले भरपुर मनोरञ्जन दिएकी थिइन् भने तीजको मीठो गीतहरुमा फ्री डान्स गरिएको थियोे ।
मनोरञ्जमात्मक कार्यक्रमको अन्त्यमा जति पनि नृत्यमा पहिलो दोस्रो र तेस्रो हुने दिदीबहिनीहरु र राफल पुरस्कार विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियोे । नृत्यसम्बन्धी यस वर्षको निर्णायक मण्डलमा बिड्ड सिड्ड सिड्ड लन्डन ब्रान्च आमा समूहकी अध्यक्ष अन्तिम गुरुङ, कोसेली ग्रुपकी अध्यक्ष शर्मिला सिंह साह र दुर्गा गुरुङ थिइन् ।
कार्यक्रममा गैरआवासीय संघ बेलायतको उपाध्यक्ष पुनम गुरुङ (हाल अध्यक्षको पदमा उम्मेदवार) र उनको टिम उपस्थित भइ हरितालिका तीज पर्बको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रमलाई सहयोग समेत गरेको थियोे ।
अन्त्यमा आमा समुहकी अध्यक्ष डिलमाया गुरुङले कार्यक्रममा उपस्थित सबैलाई र कार्यक्रम सफल बनाउन बाबा समूहले खेलेको भूमिका र जति पनि स्पोन्सर र प्राइज स्पोन्सर गर्ने दाजुभाइ, दिदीबहिनीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।






