एनआरएनए यूकेको चुवानी मैदानमा २४ महिला, नेतृत्वमै महिलाको दाबी

SHARE:

एटा संवाददाता
लन्डन । सबभन्दा बढी सदस्यता बनाएर चर्चामा रहेको एनआरएनए यूकेको आगामी कार्यसमितिमा अध्यक्ष लगायत महिला उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।

एनआरएनए यूकेको इतिहासमा संभवतः पहिलोपटक यतिधेरै महिलाहरुले कार्यसमितिमा रहेर काम गर्ने चाहना राखेका हुन् । राष्ट्रिय समन्वय परिषद् २७, राज्य समिति ४० र आईसीसी ७ गरी ७४ स्थानका लागि हुन लागेको निर्वाचनमा ११६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये २४ जना महिला छन् ।

निर्वाचन मण्डलले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावलीअनुसार वर्तमान उपाध्यक्ष पुनम गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । उनीसँग वर्तमान उपाध्यक्ष शेरबहादुर सुनार भिड्दै छन् । त्यस्तै, उपाध्यक्ष (महिला) पदमा रोजिना प्रधान राई र बिमला लिम्बु प्रतिस्पर्धामा उत्रेकी छन् भने सचिव (महिला) मा लिला हाङमा सेलिङ माबो र रन्जिता मल्लले उम्मेदवारी दिएका छन् ।

आगामी १४ सेप्टेम्बरका दिन हुन लागेको एनआरएनए यूकेको नयाँ कार्यसमितिको सहकोषाध्यक्ष पदमा शकुन्तला गुरुङले उम्मेदवारी दिएकी छन् उनीसँग बिष्णु चालिसे भिड्दै छन् । त्यस्तै, महिला संयोजकमा क्षमता ढकाल र प्रसुना कँडेल, सदस्यहरुमा सरस्वती खत्री क्षेत्री, गोमा पौडेल, तारामैया गुरुङ, चन्द्रकला लिम्बु, कोपिला वनेम लिम्बु र अमृता गिरी छन् ।

यसै वर्षदेखि बेलायतको चारवटै राज्य इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा एनआरएनए यूके राज्य समिति गठन गरेको छ । र, सो चारैवटा राज्य समितिमा समेत कार्यसमितिको निर्वाचन हुँदैछ । सोही इङ्ल्यान्ड राज्य समितिमा सीताकुमारी पन्त र बन्दना केसीले सदस्य पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै, वेल्स राज्य समितिको सहकोषध्यक्षमा शोभा राणा पोखरेल र उत्तरी आयरल्यान्ड राज्य समितिको सदस्यमा जयन्ती चुँडालले उम्मेदवारी दिएकी छन् । उनीहरुको प्रतिस्पर्धी नभएकोले संभवतः उनीहरु निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, स्कटल्यान्ड राज्य समितिको सहसचिवमा सजना गैरे भट्टराईको मात्र उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा कमला श्रेष्ठ र शर्मिला भण्डारीको उम्मेदवारी परेको छ भने सदस्यमा सुशीला गैरेको उम्मेदवारी परेको छ ।

एनआरएनए यूकेको वर्तमान उपाध्यक्ष सुशीला राई र महिला संयोजक लिलादेवी गुरुङले भने अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा उम्मेदवारी दिएकी छन् । ७ वटा स्थानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
एनआरएनए यूकेको इतिहासमै पहिलोपटक यतिधेरै महिलाहरुले उम्मेदवारी दिएका छन् । अध्यक्ष लगायत केही स्थानमा महिलाहरुले पुरुषसँग प्रतिस्पर्धा गर्ने छन् भने केही स्थानमा महिला–महिलाबीच प्रतिस्पर्धा हुनेछ र केही स्थानमा केही महिलाहरु निर्विरोध समेत भइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!