तमुधिं युकेले धादिङको खादिङमा विद्यालय पुनः निर्माण गर्ने

SHARE:

रोशनी गुरुङ
धादिङ । तमुधिं युकेले धादिङको रुबिभ्याली गाउँपालिका वडा नं. ६ खादिङमा भूकम्पबाट क्षतिग्रस्त हिमालयन सरस्वती माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने
भएको छ ।

यही वैशाख १२ गते खादिङ पुगेको तमुधिं युकेको टोलीले वर्षयाम अगाडि नै विद्यालयको पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएको छ । विद्यालयको शिलान्यास गर्दै प्रमुख अतिथि तमुधिं युकेका निवर्तमान अध्यक्ष सुर्जे
(रामचन्द्र) गुरुङले स्थानीयले दुःख नपाउन र बालबालिकाले राम्रोसँग गाउँमै पढ्न पाउन् भन्ने उद्देश्यले आफूहरुले विद्यालय पुनः निर्माणको लागि पहल गरेको बताए । आगामी दिनमा विद्यालयलाई निरन्तर सहयोग गरिरहने पनि उनले आश्वासन दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले सरकारको ध्यान पुग्न नसकेको खादिङ गाउँमा अब तमुधिं युकेले विद्यालय पुनःनिर्माण गर्ने बताए । साथै उनले समयमै योजना सम्पन्न गर्नका लागि स्थानीयलाई श्रमदानमा सहयोग गर्न आग्रह गरे । यस्तै पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले योजना समयमै सम्पन्न गर्नका लागि आफूहरु निरन्तर प्रयासरत रहेको बताए ।

खादिङ गाउँमा सो विद्यालय निर्माण गर्नका लागि तमुधिं युकेले आर्थिक सहयोग गरेको छ भने पाहार ट्रस्ट नेपालको प्राविधिक सहयोग रहेको छ । सो विद्यालय भवन निर्माण गर्न तमुधिं युकेको ५० लाख र स्थानीयको जनश्रमदान गरी करिब ६० लाखको लागतमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको तमुधिं युकेका सल्लाहकार जुमकाजी गुरुङले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक निरबहादुर गुरुङले गरेका थिए । कक्षा ८ सम्म पठनपाठन हँुदै आएको विद्यालयमा हाल १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । गत मार्च २५ तारिखमा विद्यालय पुनः निर्माणको सहयोगार्थ तमुधिं युकेले आयोजना गरेको च्यारिटी डिनरमा ३२ लाख रुपैयाँ संकलन भएको थियो । कार्यक्रममा तमुधिं युकेका सल्लाहकारहरु एकेन्द्र गुरुङ, राजु गुरुङ, जुमकाजी गुरुङ तथा उपाध्यक्षद्वय नन्दजङ गुरुङ र हित काजी गुरुङ, वरिष्ठ फोटोग्राफर मिलन तमु, तमुधिं युकेका सदस्य भीम गुरुङलगायतको सहभागिता रहेको थियो ।

भौगोलिक रुपमा अत्यन्तै विकट ठाउँमा रहेको खादिङ गाउँ समुद्री सतहदेखि २०४० मिटरको उचाईमा रहेको छ । १८० घरधुरी रहेको खादिङमा गुरुङ जातिको बाहुल्य रहेको छ । तमुधिं युकेको टोलीलाई खादिङवासीले पूmलमाला खादा र प्राचीन मारुनी नाचले स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!