प्रचण्ड भन्छन्, ‘समाजवादको नयाँ झन्डा फहराएरै छाडिन्छ’

SHARE:


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट समाजवादको नयाँ झन्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “नेपालबाट समाजवादको नयाँ अध्याय सुरु भएरै छाड्ने छ ।

हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।”

उनले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भने, “म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ ।”

विश्वका विभिन्न देशमा प्रयोग भएको समाजवादको अन्ध नक्कल गरेर कही पनि नपुग्ने भन्दै उनले नेपालको सापेक्षतामा मौलिक ढङ्गको समाजवादको झन्डा स्थापित गरेरै छाडिने बताए । नेकपाका नेता डिपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्दै दाहालले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरु सबै अग्निपरीक्षामा रहेको बताए ।
आफूले हिम्मत गरेर नै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै उनले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिबद्धता व्यक्त गरे । विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पङ्क्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उनको भनाइ थियो । अध्यक्ष दाहालले आगामी दशक समाजवादको दशक हुने भएकाले त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको स्पष्ट पारे ।

उनले कुनै पनि दायाँबायाँ नगरी नेपाली जनतालाई साथमा लिएर समाजवादको नयाँ यात्रामा निस्कनसमेत नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले समाजवादको झण्डका कुनै पनि हालतमा झुक्न नदिने उल्लेख गर्दै भने, “हिजो देखेको सपना तथा हामीले भन्दै आएको वैज्ञानिक समाजवादको झन्डा कुनै पनि हालतमा भुक्न दिइँदैन बरु थप सुदृढ बनाइन्छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको आफ्नै मौलिक खालको समाजवादी अवधारणका लागि सबैको सार्थक प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले समाजवादी आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन नीति, कार्यक्रम र योजनासमेत सोहीअनुसारको तयार पार्नुपर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!