ल्होज्याङको अध्यक्षमा पुन: योगेन्द्रजंग निर्वाचित

SHARE:

काठमाडौँ । तामाङ सहायता समाज (ल्होज्याङ) को अध्यक्षमा पुन: योगेन्द्रजंग रुम्बा तामाङ निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।

शनिबार काठमाडौंमा भएको १६ औं साधारणसभाबाट रुम्बाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा शेरबहादुर तामाङ रुम्बा, महासचिवमा राजेन्द्रकुमार रुम्बा, सचिवमा सानुमाया लामा र कोषाध्यक्ष रामगोपाल तामाङ सर्वसम्मत छनोट भएको ल्होज्याङले जनाएको छ ।

यसैगरी सदस्यहरुमा रविन्द्र मोक्तान, अम्बिर तामाङ, वीरबहादुर तामाङ, गीता लामा, राम लामा ग्लान र जीतबहादुर तामाङ चयन भए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । साथै ल्होज्याङ प्रमुख सल्लाहकार तथा समाजका पूर्वअध्यक्ष नरेन्द्रबहादुर तामाङलाई र संस्थाका सदस्यहरुका यस वर्ष एसईईमा सफल विद्यार्थीलाई सम्मान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!