हिन्दु राष्ट्रको मुद्दाले कांग्रेसको प्रशिक्षणमा खैलाबैला

SHARE:

काठमाडौँ । कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत हिन्दु राष्ट्रको मुद्दा उठेको छ ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार र शनिबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षणमा सहभागी प्रतिनिधिहरुले हिन्दु राष्ट्रको मुद्दा पार्टीले उठाउन दबाव दिएपछि प्रतिष्ठानका संयोजक समेत रहेका उपसभापति विमलेन्द्र निधिले प्रतिवाद गरेका थिए ।

उनले हिन्दु राष्ट्रको पक्षमा लागेर संविधानलाई असफल बनाउने बाटोमा जान नहुने भन्दै प्रतिवाद गर्नथालेपछि हिन्दु राष्ट्रको पक्षमा रहेका केही सहभागीहरुले हल्ला गरेका थिए । हल्लाले करिब १५ मिनेट प्रशिक्षण कार्यक्रम नै प्रभावित बनेको थियो ।
उनीहरुले विदेशीहरुको आर्थिक र राजनीतिक चलखेलका आधारमा संविधानमा धर्म निरपेक्षता राखिएको बताउँदै पार्टीले त्यसको विरोध गर्नुपर्ने बताएका थिए ।

काठमाडौका कोषाध्यक्ष समेत रहेका सहभागी गोविन्द पुडासैनीका अनुसार करिब एक दर्जन सहभागीहरुले हिन्दु राष्ट्रको मुद्दा उठाएका थिए ।

प्रदेश सांसद नरोत्तम बैद्य, लोकश ढकाल, कृष्ण अमात्यसहितका सहभागिहरुको अगुवाईमा हिन्दु राष्ट्रको मुद्दालाई उठाइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!