प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर निकालियो

SHARE:

काठमाडौं । सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको छ । बुधबार बिहान त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले क्याथेटर निकालिदिएका हुन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भने, ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्री ज्यूको मुटुमा राखिएको क्याथेटर हामीले निकालिदिएका हौं । उहाँलाई अरु थप उपचार गर्नु परेन ।’ क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको बताउँदै डा. सायमीले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ ।’

१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा थप उपचार गराएर फर्किएका थिए । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो । त्यही बेला प्रधानमन्त्रीको मुटुमा क्याथेटर राखिएको थियो । मुटुरोग विशेषज्ञ डा. रोशन राउतका अनुसार बिरामीको हात अथवा खुट्टाको नसाबाट तार पठाएर गरिने जाँच र उपचार पद्धतीलाई क्याथेटर भनिन्छ ।

गत वर्ष कात्तिक महिनामा प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएरै मुटुको उपचार गराएका थिए । त्यसको फलोअपका लागि पनि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!