भारतीय प्रधानमन्त्री भ्रमणको पूर्वसन्ध्यामा मुस्ताङमा भीषण हिमपात

SHARE:

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको मुक्तिनाथ भ्रमणको पूर्वसन्धामा हिमालपारीको मुस्ताङमा भीषण बेमौषमी हिमपात भएको छ । हिमपातबीचमा पनि मोदीको स्वागतका लागि मुक्तिनाथ क्षेत्रमा तयारी भइरहेको छ ।

तयारीका लागि भारतीय विशेष सुरक्षा दस्ता बिहीबार आफ्नै हेलिकोप्टरहित मुक्तिनाथ पुगेको छ । हिमपातले मुक्तिनाथ क्षेत्रमा अधिक चिसो बढेको प्रहरीले जनाएको छ । बुधबार रातिदेखि मुक्तिनाथ क्षेत्रदेखि माथिल्लो मुस्ताङसम्म बाक्लो हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । स्थानिय सञ्चारकर्मी निराजन थकालीका अनुसार मुक्तिनाथ क्षेत्रमा बिहीबार दिउँसोसम्म आधा फिट बाक्लो हिउँ परेको थियो । उपल्लो मुस्ताङको लोमन्थाङ्ग क्षेत्रमा एक फिटसम्म हिउ परेको एक्यापले जनाएको छ ।

मुस्ताङ्गको बाह्गाउँ मुक्ति क्षेत्र, दालोमे र लोमन्थाङ गाउँपालिकामा हिउँ परेको हो । अन्नपूर्ण पदमार्गको सवैभन्दा उच्च स्थान रहेको थोरङ्लापास क्षेत्रमा बाक्लो बेमौषमी हिमपातले पर्यटक मनाङ्गमै रोकिएका छन ।

हिमपातले स्थानीय मुख्य बाली स्याउखेतीमा असर गरेको छ ।

प्रकाशित मितिः २७ वैशाख २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!